साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाङ्गा तीज सुसेली

पर्व राम्रो छ “पोइल जान पाम“ गीत हाम्रो छ । नयाँ जमाना तीज पर्व ठूलो हो हैन समान । सक्नेले खान्छ पिएँ नाचेँ हल्लिएँ तिम्रो के जान्छ ?

Nepal Telecom ad

दुर्गा अधिकारी भमरकोटे :

१.
तीज कोसेली
रुचाउँछ फित्कौली
बाङ्गा सुसेली ।

२.
गाना लरी लै
तीजको रहर त
आयो बरी लै ।

३.
दर खाने को ?
पाँच तारे होटल
नाच्न जाने हो ।

४.
तीज आको छ
दर खान दिनहुँ
मन लाको छ ।

५.
दर खाने हो
भर दिन रेस्टुराँ
नाच्न जाने हो ।

६.
हाम्रो संस्कृति
जसरी नि धान्नुछ
के हो विकृति ?

७.
ढाड भाँच्दैछौँ
तीज, तीन महिना
अघि नाच्दैछौँ ।

८.
पर्व राम्रो छ
“पोइल जान पाम“
गीत हाम्रो छ ।

९.
आधुनिक हौ
नर नारी समान
केमा कमि छौँ ?

११.
खाने दर हो
खर्च रेमिट्यान्सको
त्यही भर भो ।
१२ं.
कम्ता को छ र
पाँच तारे होटल
मीठा बोतल ।

१३.
साथी भेट्नु छ
तीनपाने धोकेर
तिर्खा मेट्नु छ ।

१४.
कल्ली बाँधौला
होटलमा पसेर
हल्ली नाचौँला ।

१५.
साथी संगीको
भन्दा धेरै गहना
मेरो हुने भो ।

१६.
भेटाउनु छ
शिरमाथि चन्द्रमा
देखाउनु छ ।

१७.
जोखाउनु छ
उ भन्दा म धनी छु
देखाउनु छ ।

१८.
नयाँ ल्याएकी
पोहोरको भन्दा त
दामी पाएकी ।

१९.
रमाएका छन्
पुग्दै खाडी कतार
कमाएका छन् ।

२०.
मिलाऊ मेसो
आना बेच्दा करोड
जाने भैसक्यो ।

२१.
रुढीबादीले
तीज दुई दिनको
मान्थे काजीले ।

२२.
नयाँ जमाना
तीज पर्व ठूलो हो
हैन समान ।

२३.
सक्नेले खान्छ
पिएँ नाचेँ हल्लिएँ
तिम्रो के जान्छ ?

२४.
खै के पाउँछन् ?
आलु खान्छन् पेडाको
धाक लाउँछन् ।

०००
कपन, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुसेलीमा भानु सम्झना

सुसेलीमा भानु सम्झना

दुर्गा भमरकोटे
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
मातृशोक सुसेली

मातृशोक सुसेली

दुर्गा भमरकोटे
चार ठाेक्तकहरु…

चार ठाेक्तकहरु…

कुमार खड्का
दुई ठोक्तक

दुई ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x