साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाङ्गा तीज सुसेली

पर्व राम्रो छ “पोइल जान पाम“ गीत हाम्रो छ । नयाँ जमाना तीज पर्व ठूलो हो हैन समान । सक्नेले खान्छ पिएँ नाचेँ हल्लिएँ तिम्रो के जान्छ ?

Nepal Telecom ad

दुर्गा अधिकारी भमरकोटे :

१.
तीज कोसेली
रुचाउँछ फित्कौली
बाङ्गा सुसेली ।

२.
गाना लरी लै
तीजको रहर त
आयो बरी लै ।

३.
दर खाने को ?
पाँच तारे होटल
नाच्न जाने हो ।

४.
तीज आको छ
दर खान दिनहुँ
मन लाको छ ।

५.
दर खाने हो
भर दिन रेस्टुराँ
नाच्न जाने हो ।

६.
हाम्रो संस्कृति
जसरी नि धान्नुछ
के हो विकृति ?

७.
ढाड भाँच्दैछौँ
तीज, तीन महिना
अघि नाच्दैछौँ ।

८.
पर्व राम्रो छ
“पोइल जान पाम“
गीत हाम्रो छ ।

९.
आधुनिक हौ
नर नारी समान
केमा कमि छौँ ?

११.
खाने दर हो
खर्च रेमिट्यान्सको
त्यही भर भो ।
१२ं.
कम्ता को छ र
पाँच तारे होटल
मीठा बोतल ।

१३.
साथी भेट्नु छ
तीनपाने धोकेर
तिर्खा मेट्नु छ ।

१४.
कल्ली बाँधौला
होटलमा पसेर
हल्ली नाचौँला ।

१५.
साथी संगीको
भन्दा धेरै गहना
मेरो हुने भो ।

१६.
भेटाउनु छ
शिरमाथि चन्द्रमा
देखाउनु छ ।

१७.
जोखाउनु छ
उ भन्दा म धनी छु
देखाउनु छ ।

१८.
नयाँ ल्याएकी
पोहोरको भन्दा त
दामी पाएकी ।

१९.
रमाएका छन्
पुग्दै खाडी कतार
कमाएका छन् ।

२०.
मिलाऊ मेसो
आना बेच्दा करोड
जाने भैसक्यो ।

२१.
रुढीबादीले
तीज दुई दिनको
मान्थे काजीले ।

२२.
नयाँ जमाना
तीज पर्व ठूलो हो
हैन समान ।

२३.
सक्नेले खान्छ
पिएँ नाचेँ हल्लिएँ
तिम्रो के जान्छ ?

२४.
खै के पाउँछन् ?
आलु खान्छन् पेडाको
धाक लाउँछन् ।

०००
कपन, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुसेलीमा भानु सम्झना

सुसेलीमा भानु सम्झना

दुर्गा भमरकोटे
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
मातृशोक सुसेली

मातृशोक सुसेली

दुर्गा भमरकोटे
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६०

बेलाको बोली- १६०

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x