साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइनोका केही फाँकी

बाँच्न नजान्ने मान्छे स्वाद भेट्दैन श्रममा थेचारिन्छ भञ्ज्याङमुनि । गोजी सिउँछ कात्रो बत्ती निभाउँछ स्वार्थ निहुँ खोज्छ मसानघाट !

Nepal Telecom ad

छायादत्त न्यौपाने :

१.
कति राम्रो त्यो कुर्सी !
ऊ घुमिराछ फन्फनी
मस्त छ दृष्टिहीन मान्छे ?

२.
पात-पातै जीवन
डाली-डालीमा समाज
बगैंचा बन्ला त संसार ?

३.
स्वार्थान्धो मान्छे नि म
ठट्टा गर्‍यो समयले
अर्थहीन रह्यो व्यस्तता !

४.
यी बोलक्कड साथी
भुइँ छाडे पुगे माथि
सँगै हौं भने गफ दिए ?

५.
हरायो नि विवेक
जारी गरौँ न सूचना
रोकिदिऊँ आज उडान !

६.
बाँच्न नजान्ने मान्छे
स्वाद भेट्दैन श्रममा
थेचारिन्छ भञ्ज्याङमुनि ।

७.
गोजी सिउँछ कात्रो
बत्ती निभाउँछ स्वार्थ
निहुँ खोज्छ मसानघाट !

८.
दुर्घटित कर्तव्य
शक्तिहीन कूटनीति
आदेश मन पर्ने मन !

९.
उठौं बिहान भो
नपालौं युवाले बेथा
नब्यँझे चिसिन्छ फलाम !

०००
पर्वत
हाल काडमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x