विनाेद खनालत्रिफला राष्ट्रिय पुस्तकालयले मनायो मोती जयन्ती
कार्यक्रममा कोशी प्रदेशका शिक्षा निर्देशक कृष्णराज पोखरेल, पूर्व प्रशासक टीकाराम अर्याल, प्रा डा.गोविन्दराज भट्टराई, समाजसेवी हरिभक्त बुढाथोकी, उद्धव बिष्ट, तोयानाथ फुयल, टीका ढुङ्गेल विशेष अतिथि रहनु भएको थियो ।

धुलाबारी, झापा ०८० भदौ २९ । कोसी प्रदेशको चर्चित त्रिफला राष्ट्रिय पुस्तकालयले सदा झैं यसपटक पनि भव्य रुपमा मोती जयन्ती मनाएको छ ।
पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीको अध्यक्षता तथा आसामका वरिष्ठ साहित्यकार ज्ञानबहादुर छेत्रीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कोशी प्रदेशका शिक्षा निर्देशक कृष्णराज पोखरेल, पूर्व प्रशासक टीकाराम अर्याल, प्रा डा.गोविन्दराज भट्टराई, समाजसेवी हरिभक्त बुढाथोकी, उद्धव बिष्ट, तोयानाथ फुयल, टीका ढुङ्गेल विशेष अतिथि रहनु भएको थियो ।
सिक्किमका साहित्यकारहरू हरि ढुंगेल, चक्रपाणी भट्टराई, एन.पि.एस. निरौला, मुना बराल लगायत एक दर्जनभन्दा बडी साहित्यकारहरू अतिथिका रुपमा रहनु भएको थियो ।
यसैगरी सिलगढीका लोकनाथ उपाद्याय, युवराज काफ्ले लगायत दर्जन बडी साहित्यकारहरूको उपस्थिति थियो । यसै गरि झापाका केशव आचार्य, डा. ठाकुर पोखरेल, मोक्ष खतिवडा, विनोद खनाल, दुर्गा सिग्देल, मीरा पोखरेल, पर्शुराम तिम्सिना लगायत दुई दर्जन बढी साहित्यकारहरूको उपस्थिति थियो ।
कार्यक्रममा यस पटकको मोती प्रतिभा पुरस्कार विराटनगर निवासी हरि कट्टेललाई रु. १०,००० । नगद र प्रमाणपत्र सहित प्रदान गरियो । कार्यक्रममा टीकाराम अर्याल, प्रा.डा. गोविन्दराज भट्टराई, हरिभक्त बुढाथोकी, तोयानाथ फुयल र टीका ढुंगेललाई त्रिफला संरक्षक विभूषणद्वारा विभूषित गरिएको थियो ।
कार्यक्रममा नेपाल र भारतका गरि एक दर्जन बढी पुस्तकहरू लोकार्पण भएका थिए । पुस्तकालयका उपाध्यक्ष रामप्रसाद दाहालले स्वागत गर्नु भएको उक्त कार्यक्रमको संचालन पुस्तकालयकी महासचिव टीका सुवेदीले गरेकी थिइन् ।
०००
-धुलाबारीबाट विनोद खनाल
Subscribe
Login
0 Comments
Oldest







































