साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मञ्जुश्री साहित्यिक समाजको ६४ औँ श्रृङ्खला

संस्थाका अध्यक्ष डा.बमबहादुर थापा जितालीको सभापतित्वमा १५८ मोतीराम जयन्ती र बालदिवसका सन्दर्भमा ६४ औं प्रविधि मैत्री कविसम्मेलन सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौ, ०८० भदौ २९ । मञ्जुश्री साहित्यिक समाजको आयोजनामा संस्थाका अध्यक्ष डा.बमबहादुर थापा जितालीको सभापतित्वमा १५८ मोतीराम जयन्ती र बालदिवसका सन्दर्भमा ६४ औं प्रविधि मैत्री कविसम्मेलन सम्पन्न भयो ।

कविता वाचनमा टेकबहादुर लौडारी, पूर्ण देवी न्यौपाने, कल्पना देवकोटा, वीर बहादुर लोहनी उर्मिला पन्त, गणेश आत्रेय आदिको सहभागिता थियो भने विशेष अतिथि प्रतिष्ठित गीतकार आनन्द अधिकारीले जीवनमा पहिलोपटक भर्चुअल प्रविधि मैत्री कार्यक्रममा जोडिएर आफ्ना सिर्जना प्रस्तुत गरेको अनुभूतिका साथै राष्ट्रदेवो भव वीर रसको जोडदार कविता प्रस्तुत गर्नुभयो ।

प्रमुख आमन्त्रित कवि दुष्यन्त भट्टराईले वाचित कविताको संक्षिप्त समीक्षा गरेर मोतीराम भट्टको प्रमुख योगदान झल्काउने प्रशंसनीय कविता प्रस्तुत गर्नुभयो ।

कार्यक्रमको सञ्चालन लोककवि वीरबहादुर लोहनीले गर्नुभएको थियो । सभापतिबाट मोतीरामको आडमा पीडाको पहाड नामक कविता वाचनका साथसाथै उपस्थित कवि तथा कवयित्रीलाई धन्यवाद दिनुहुँदै सभा सम्पन भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x