सुलसुले‘शिक्षासेवी स्व.नानीराम भट्टराई शिक्षा सम्मान’ प्रदान गरिने
परम्परा अनुसार कुशे औंसी र नेपाली साहित्यजगतले सम्झिने दिन मोतिराम भट्टको जन्म जयन्तीको अवसरमा पारेर शिक्षासेवी स्व. नानीराम भट्टराईको नाममा ‘शिक्षासेवी नानीराम भट्टराई शिक्षा’ सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

काठमाडौं, ०८० भाद्र २८, काठमाडौ, काव्य घर नेपाल मिडिया प्रा.लि.को साहित्य विभाग अन्तर्गत पेरोल साहित्य प्रतिष्ठान नेपालले शिक्षासेवी स्व.नानीराम भट्टराईको नाममा ‘शिक्षासेवी नानीराम भट्टराई शिक्षा सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।
काव्य घर नेपाल मिडिया प्रा.लि.को भाद्र २७ गते बसेको बैठकले साहित्य विभाग अन्तर्गत पेरोल साहित्य प्रतिष्ठान नेपालले बुबाको मुख हेर्ने दिन । हिन्दु धार्मिक परम्परा अनुसार कुशे औंसी र नेपाली साहित्यजगतले सम्झिने दिन मोतिराम भट्टको जन्म जयन्तीको अवसरमा पारेर शिक्षासेवी स्व. नानीराम भट्टराईको नाममा ‘शिक्षासेवी नानीराम भट्टराई शिक्षा’ सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
सोही बिधा अन्तर्गत एकजना व्यक्तित्वलाई छनोट गरि प्रत्येक वर्ष प्रदान गर्ने निणर्य गरेको छ । उपयुक्त व्यक्तित्वलाई संस्थाको वार्षिक कार्यक्रमा उक्त सम्मान प्रदान गरिने छ ।
उक्त संस्थाका अध्यक्ष राजकुमार खड्गाको अध्यक्षतामा बसेको बैठकले सो निणर्य गरेको हो । यसरी नै संस्थाबाट पुरस्कार सम्मान थप्दै जाने जानकारी समेत हामीलाई भएको छ ।
०००
– काव्यघर नेपाल
Subscribe
Login
0 Comments
Oldest











































