साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झापामा १५८ औं युवककवि मोती जयन्ती

चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षता, प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्य, चौतारीका संरक्षक द्वय देवीभक्त श्रेष्ठ तथा उर्मिला विमली श्रेष्ठको समुपस्थिति थियाे ।

Nepal Telecom ad

विर्तामोड, ०८० भदौ २९ । साहित्य चौतारी, विर्तामोडले १५८ औं युवककवि मोती जयन्ती, गायक तथा सङ्गीतकार फत्तेमानको दसौं स्मृति दिवस तथा ५९ औं बालदिवसको उपलक्ष्यमा, बाल कविता, गीत तथा नृत्य प्रतियोगिता र दीर्घसाहित्य सेवा सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षता, प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्य, चौतारीका संरक्षक द्वय देवीभक्त श्रेष्ठ तथा उर्मिला विमली श्रेष्ठको समुपस्थितिमा र सम्मानित हुने यज्ञराज प्रसाईं, जयनारायण ढुङ्गाना, पुण्यप्रसाद खरेल, हरिनारायण भट्टराई तथा डिल्लीराज नेपाललाई मञ्चासिन गराएर सुरु भएको कार्यक्रममा स्वागत कृष्ण सुवेदी निराकारले तथा सन्चालन सुनीता तामाङले गर्नुभएको थियो ।

चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठको आजै ६३ औं जन्मदिन पनि परेको हुँदा उहाँलाई अविर, खादा, मालाले सजाउँदै उहाँलाई शुभकामना प्रदान गर्ने कार्यक्रम पनि भएको थियो । कार्यक्रममा उपर्युक्त ५ दीर्घ साहित्यसेवीलाई अविर, माला, दोसल्ला तथा सम्मानपत्र अर्पण गरेर सम्मान गरि अन्य बालप्रतियोगिताका रोचक कार्यक्रम भएका थिए ।

प्रमुख अतिथि सुमित्रा वाङ्देल, चौतारीका संस्थापक देवीभक्त श्रेष्ठ तथा प्रसिद्ध कवि गजलकार केशव आचार्यले कार्यक्रमको सराहना गर्दै सम्मानित पाँचैजनालाई बधाई दिनुभयो । सम्मानित व्यक्तिहरू यज्ञराज प्रसाईं, जयनारायण ढुङ्गाना, पुण्यप्रसाद खरेल, हरिनारायण भट्टराई तथा डिल्लीराज नेपालले आफूलाई सम्मान गरेकोमा साहित्य चौतारीप्रति आभार व्यक्त गर्दै, सम्मानले साहित्य तथा अन्य सेवामा अझ लाग्न प्रेरित गरेको, जिम्मेवारी बढेको बोध भएको बताउनुभयो ।

कार्यक्रममा राजेन्द्र सङ्ग्रौला, अच्युत घिमिरे, कृष्ण पौडेल, अनिरुद्र ओली, सुव्रत नेउपाने, खगिन्द्रा खुसी, मिना अधिकारी, दिलिप घिमिरे, ध्रुव पाठक, एन वी दाहाल, शान्ता पौडेल लगायत पञ्चैबाजा समूह सहित बीसौं बाल प्रतियोगीहरूको उपस्थिति थियो ।

०००
– रेहित सैजु, फित्कौली डेस्क- झापाबाट पुन्य खरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x