फित्काैली डटकमभैरहवामा भानु जयन्ती
भानुभक्त रामायणका श्लाेकपाठ, केही कवितावाचन, सिद्धार्थ साहित्य पुरस्कार र सिद्धार्थ साहित्य सम्मान अर्पण गरेर मनाइयाे ।
भैरहवा । सिद्धार्थ साहित्य परिषद् भैरहवाले आदिकवि भानुभक्त आचार्यकाे २१३ अाैँ जयन्ती भानुभक्तका कवितामा व्यङ्ग्यचेतना विषयक चर्चा, भानुभक्त रामायणका श्लाेकपाठ, केही कवितावाचन, सिद्धार्थ साहित्य पुरस्कार र सिद्धार्थ साहित्य सम्मान अर्पण गरेर मनायाे ।
संस्थाका अध्यक्ष डिल्लीराज भट्टराईकाे अध्यक्षता र वरिष्ठ कथाकार वनमाली निराकारकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा रुद्र ज्ञवालीबाट भानुचर्चा तथा रमेश समर्थनबाट रामायणवाचन भएकाे थियाे । उक्त कार्यक्रममा प्रा.डा. कपिल लामिछाने र वरिष्ठ कथाकार विजय सागरका पनि मन्तव्य आएका थिए ।
उक्त कार्यक्रममा रमेश समर्थनलाई संस्थाद्वारा स्थापित संस्थाकाे सबैभन्दा पुरानाे सिद्धार्थ साहित्य पुरस्कार अर्पण गरिएकाे थियाे भने टेकबहादुर स्मृति पुरस्कार कृष्ण बस्याल र हटुवाल पुरस्कार युवराज खनाललाई अर्पण गरिएकाे थियाे । साथै प्रकाशलाल श्रेष्ठ, गंगा घिमिरे र एउटा सामुदायिक तथा एउटा निजी विद्यालयलाई सम्मान गरिएकाे थियाे ।
०००
रमेश समर्थनकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest




































