फित्काैली डटकमकपन बानेश्वर ‘कबा’ को १४औँ वार्षिकोत्सवमा स्रष्टाहरू सम्मानित
साहित्य, कला तथा पत्रकारिताका माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न स्रष्टा तथा व्यक्तित्वहरूलाई ‘कबा सम्मान तथा पुरस्कार २०८२’ अर्पण गरियो ।

काठमाडाैं । नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका ‘कपन बानेश्वर’ (कबा) ले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा साहित्य, कला तथा पत्रकारिताका माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न स्रष्टा तथा व्यक्तित्वहरूलाई ‘कबा सम्मान तथा पुरस्कार २०८२’ अर्पण गरियो ।
वरिष्ठ साहित्यकार गङ्गा पौडेल संयोजक र कबाका स्तम्भकार एवं कवि त्रिलोचन आचार्य ,कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसको आधारमा प्रतिभा चयन गरि पुरस्कृत र सम्मानित गरिएको थियो ।
साहित्य सदन रामहिटी बौद्धमा आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित अभ्यागतहरुलाई नै प्रमुख अतिथिको रुपमा स्विकार गरि कबा विशिष्ट सम्मानद्वारा विष्णु पन्त ,कबा सम्मान द्वारा वासुदेव पौडेल र शम्भु प्रकृति,महेन्द्र इन्दिरा साहित्यिक पत्रकारिता पुरस्कारबाट कपन अनलाइनका सम्पादक पुण्यराज पुडासैनी सम्मानित गराइएका छन् । यसैगरी पत्रिकामा २०८२ सालमा प्रकाशित रचनाहरुबाट नालाङ कबा रचना पुरस्कार पुरुष भलाद्मी भोला, पुष्करप्रसाद श्यामा स्मृति कबा रचना पुरस्कार महिला अंशु भट्ट, अविरल गङ्गा कबा रचना पुरस्कार, मोफसल (पश्चिम नवलपरासी) बाट विश्वजित गुप्तालाइ सम्मानित गरियाे ।
त्यसै गरी हेमगङ्गा बाल रचना पुरस्कार बाल भावना बराल र भमरकोटे रचना सुसेली पुरस्कारबाट कृष्णप्रसाद पौडेल जस्ताघरे पुरस्कृत/ सम्मानित हुनुभएको छ । सो अवसरमा सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरु विष्णु पन्तलाई सपना अधिकारीले खादा साहित्यकार वासुदेव गुरागाईँ सास, रामचन्द्र दाहाल र सम्मानपत्र शुकदेव उपाध्यायले प्रदान गर्नुभएको थियो ।
कबा सम्मानद्वारा सम्मानित साहित्यकार वासुदेव पौडेललाई जमुना पोखरेलले टीका साहित्यकारहरु बुद्धिमान महर्जनले खादा, चन्द्रा न्यौपानेले सास र प्रमाणपत्र ओमप्रसाद कोइरालाले अर्पण गर्नुभएको थियो । कबा सम्मानबाट सम्मानित अर्का व्यक्तित्व शम्भु प्रकृतिलाई मिना सुवेदीले टीका, साहित्यकार तथा पत्रकारहरु श्रीराम पाण्डेले खादा,जयराम बिडारीले सास र ढुण्डिराज पोखरेलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सो समारोहमा महेन्द्र चालिसे संरक्षक रहेको महेन्द्र इन्दिरा साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत कपन अनलाइनका सम्पादक पुरस्कृत व्यक्तित्व: पुण्यराज पुडासैनीलाई जानकी भारतीले टीका, पत्रकार सिताराम भट्टराईले खादा,साहित्यकारहरु हरिश कल्पितले सास,प्रल्हाद पोखरेलले सम्मानपत्र र इन्दिरा चालिसेले नगद राशि प्रदान गर्नुभएको थियो ।
त्यसैगरी माधवलाल श्रेष्ठ संरक्षक रहेको नालाङ कबा रचना पुरस्कारबाट पुरस्कृत व्यक्तित्व भलाद्मी भोलालाई राधिका पन्तले टीका, श्यामप्रसाद श्रेष्ठले खादा, परशुराम अधिकारीले सास, साहित्यकारहरु गोविन्द घिमिरे ‘वेदमणि’ ले सम्मानपत्र र माधवलाल श्रेष्ठले नगद राशि प्रदान गर्नुभएको थियो ।
पुष्करप्रसाद श्यामा खरेल संरक्षक रहेका पुष्करप्रसाद श्यामा स्मृति कबा रचना पुरस्कारबाट अंशु भट्टलाई अरुणा ढकालले टीका, (पुष्करप्रसाद श्यामा खरेलकी छोरी) साहित्यकार विमल अर्यालले खादा, कलाकार विक्रम श्रेष्ठले’सागर’ ले सास साहित्यकार वसन्त रिजालले प्रमाणपत्र र संचिता खरेल (पुष्करप्रसाद श्यामा खरेलकी छोरी) ले नगद राशि प्रदान गर्नुभएको थियो । यसैगरी गङ्गा लिगल संरक्षक रहेको अविरल गङ्गा कबा रचना पुरस्कार मोफसलबाट पुरस्कृत विश्वजित गुप्तालाई रश्मी रिमालले टीका, प्रमोद नेपालले खादा,रचनाका सम्पादक प्रतिक घिमिरेले सास साहित्यकारहरु पवन आलोकले प्रमाणपत्र र गङ्गा लिगलले नगद राशि प्रदान गर्नुभएको थियो ।
हेम पौडेल संरक्षक रहेको हेमगङ्गा कबा रचना पुरस्कारबाट पुरस्कृत बालसाहित्यकार भावना बराललाई साहित्यकारहरु शारदा पराजुलीले टीका, किशोर श्रेष्ठले खादा, एन. बी. जनकपुरीले सास, ममता मृदुलले प्रमाणपत्र र गङ्गा पौडेलले नगद राशि प्रदान गर्नुभएको थियो ।
यसैगरि दुर्गा अधिकारी भमरकोटे संस्थापक रहेको भमरकोटे कबा सुसेली रचना पुरस्कारबाट पुरस्कृत व्यक्तित्व कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ लाई साहित्कारहरु मेनका पोखरेलले टीका,चेवन बस्नेतले सास, द्वारिका कुईंकेलले प्रमाणपत्र र दुर्गा अधिकारी भमरकोटेले नगद राशि प्रदान गर्नुभएको थियो ।
कबाका संरक्षक तथा प्रतिभा छनौट समितिकी अध्यक्ष गङ्गा पौडेलद्वारा स्वागत मन्तव्य राखिएको उक्त कार्यक्रममा कबाका स्तम्भकार तथा कवि त्रिलोचन आचार्यद्वारा कबा साहित्यकार उपचार कोषका संरक्षक एवं दाताहरुको देन का बारेमा प्रकाश पारिएकोा थियो ।कबाका व्यवस्थापक विमल कोइरालाले धन्यवाद र दुर्गा अधिकारी भमरकोटेले सुसेलीबाट प्रतिभा परिचय दिनुभएको थियो ।
आसन र भाषण रहित उक्त कार्यक्रमलाई उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले संक्षिप्त सम्बोधन गरी समापन गरिएको सो कार्यक्रममा कविता दाहालले कुशलतापूर्वक सहजीकरण गर्नुभएको थियो ।
०००
निबन्ध आचार्यकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































