साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोच ए ! कुसुलेहरू

अवस्था के हुने होला भोलिका दिनमा अहो छर्लङ्गै घाम लाग्ला वा भेलबाढी हुने कसो कस्तो चित्र नयाँ कोर्छौ के होला देश आबरु पुतली खेलमा मस्त सोच ए ! कुसुलेहरू ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

फर्सीको झाल रोपिन्न करेसा झारले भरि
दैनिकै मासु भान्सामा पाकेको हुन्छ के गरी ?
आम्दानी शून्यको हुन्छ करोडौं खर्च हे हरि
पश्चगामी गरी यात्रा अगाडि पुग्नु के गरी ?

गफैले मार्दछन् बाजी गफैका हतियार छन्
विजेता मुखका मात्रै मुखैका मतियार छन् ।
सिन्को भाँचिन्न खै काम असरल्ल जतातता
देश चौपट पारेर भुलेका छन् यताउता ।

अँध्यारो नगरी हाय राज्य चौपट पारियो
ओल्लोपट्टि हराएर पल्लोमा खोज्न थालियो
सर्वज्ञरत्न छन् ज्ञाता ब्रह्माण्ड अन्तरिक्षका
गुड्डी हाँकेर थाक्दैनन् नीति माओ र माक्सका ।

ठेक्काको योजना आफ्ना मान्छेमा पार्न खप्पिस
अर्कालाई परे ठेक्का अल्मल्याए युगौँ तक ।
द्रव्यमोही भएका छन् नेताका धतुवाहरू
कर्मचारी बनेका छन् घुस्याहा लठुवाहरू ।

अवस्था के हुने होला भोलिका दिनमा अहो
छर्लङ्गै घाम लाग्ला वा भेलबाढी हुने कसो
कस्तो चित्र नयाँ कोर्छौ के होला देश आबरु
पुतली खेलमा मस्त सोच ए ! कुसुलेहरू ।

०००
बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x