साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोष

फालानो मुन्तरीले, ढिस्कानो नेताले अर्को दलको दलदलमा फसेको राम्रो गर्न कम्मर कसेको, ऊ उसलाई अनि त्यसलाई यस्तो भनेर उस्तोमा गनेर खोकेर कनेर दोष लगाउनुभयो ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

बिगारे नि सारा काम आफूले, दोषजती लिइदिउन् अरूले… संसारकै महाबुद्धुमान जाति मनुवाको आम स्वभाव । यसो गरे यता बिग्रन्छ त्यसो गरे त्यता बिग्रन्छ । आफू परिन्छ साह्रै नै भेडो नाच्न नजान्ने आँगन चाहिँ टेडो हो कि होइन ? बिचरो आँगनले समेत आँ नगरिकनै दोष पायो । त्यसले आफैं बोल्न सक्तैन भुइँचालो नआए चल्न सक्तैन, बाढी पहिरो नआए गहिरोतिर ढल्न सक्तैन तै पनि दोष पाउँछ टेढो भनेर ।

आँगनै दोषी भएपछि त्यही आँगनमा सुकाएको बिस्कुनलाइ एक्काईस पल्ट कुटेर बाईस पल्ट बत्ताएर तेईस मिनेट पकाएर चौबिस मिनेट पनि नपुग्दै चपाएर गरेपछि चपाउनको लागि आँ गर्ने चाहिँ कस्तो होस् । अरूलाई एक औंलोले देखाउँदा आफूलाई तीन औंलाले देखाइ रहेका हुन्छन् भनेर त्यसै भनिएको होइन । बिचरो गिदी नभएकोले होला कहिले कसको कहिले कसको लिदी सोहोर्ने भए पनि हातले कुरो बुझ्छ ।

फेरि अर्कालाई दोष दिएर ठूलो भैँदैन । नत्र त केचना कलनले कालिगण्डकीको गल्छीले समुद्र ? पिँधले अर्कालाई दोष दिँदै आफू चाहिँ सगरमाथा भन्दा ठूलो हुन्थे होला । अर्कोतर्फ यो दोष भन्ने कुरो कति ज्याद्रो हुँदोरहेछ भने तिलस्मी चालले धोती लगौंटी फाल अनि हेर हाल बनाइदिँदो रहेछ । क्षेत्रफलको हिसाबले अज्ञानिक विकाशको हिसाबले हतियार र मतियारको हिसाबले, छलकपट, षड्यन्त्र तिगडमको हिसाबले आफूलाई एकदम मात्र होइन सयदम हजारदम महान मान्नेहरूको गोलीजस्तो बोली बेकार र अपकारको व्यवहार दुष्कर्मपृयता आदिलाई हेर्ने हो भने सानालाई दोषी देखाएर अनेक प्रकारको किचोमिचोथिचो गर्दा त्यै दोषले तिनको धोती लँगौटी त के छाला समेत उधारेको दुखी संसारले दन्त्यकथाको नग्न राजको शरीर एउटा बालकले देखेजत्तिकै देखेकै छ ।

तर यो दोषको पनि खेतिनै हुन्छकी क्याहो ? कोहि कसैको त कामै बिउबिनानै अरूमा दोष टन्नै उमारिहाल्छन् । कि त हामीले नबुझेको हो… आजकल जुम्राभन्दा भैंसी असाध्यै हलुका आविष्कार भएका छन् भनेर । तथाकथित ठूला भनाउँदाहरू देश हुन् कि शेष, खत्तम हुन् कि बेस सबैले आफूभन्दा साना भयो कि दोष लगाउनै पर्ने ? कुन देशको संविधानमा छ यो ? जिल्ल छक्क ट्वाल्ल पकरल्ल परिन्छ बा कुरो सुन्दा पनि ।

कहिले र समाचारहरू पनि दोषाचार नै भएर बज्छन् । फालानो मुन्तरीले, ढिस्कानो नेताले अर्को दलको दलदलमा फसेको राम्रो गर्न कम्मर कसेको, ऊ उसलाई अनि त्यसलाई यस्तो भनेर उस्तोमा गनेर खोकेर कनेर दोष लगाउनुभयो । यो दोष भन्ने कुरो पनि हात, लिन नमिल्ने तर दिन चैं मिल्ने कुन अज्ञानिकले आविष्कार गरेको होला कुन्नी ? अहिलेको जमानामा सहि र सत्य देवहरूको कुरो गर्‍यो भने अन्धविश्वासी भन्दा हामीलाई नै दोषको भारी बोकाउँछन् ।

त्यसैले कोरोना ब्याक्टेरिया भाइरस पारामेसियम जस्ता पाङ न पुच्छरका कथा बनाउनेहरूको उल्लेख गरेको । नत्र त ऋषिमुनिका सन्तानहरू बाँदरका छाउराहरूभम्दा कति उच्च छन् छन् । बिचरी बाँदर्नी ब्याइ भने पश्चिमाका लागि मान्छे पाइदिन्छे अरे । हाम्रोतिर त हनुमान पनि पाउँदिन । सोझै आफूले आफ्नै व्यवहार हेरेर म बाँदर, हामी बाँदर भन्नुभन्दा उतापटिबाट घुमाएर आफूले आफैंलाई दोष दिएको पनि हामीले नबुझेको भने हुन सक्छ !!

०००
२०८२ वैशाख १८
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x