साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमूर्त कमेडी !

आहा हा भाइ, मोग्याम्बो दाइ खुश हुवा, साहित्य यतिखेर भुस हुवा, भाले हेर्नू बकम्फुस हुवा, जति खर्च गरे पनि नसकिने गरी कमाइएछ का, क्यार्ने ? नौ लाख जति लगेर त्यता ब्याजमा लगाम् तो,अलि भरपर्दो आसामीहरू, अरम त्यति, लू भाइ त्यति शीघ्र !

Nepal Telecom ad

धनराज गिरी :

फूलबारी छ, सुगन्धयात्रा छ, रसायन बोकेर “नयाँ मुगलान” जान कस्सिएका महागुरु प्लेटो, सुकरात, अरस्तू जस्ता निष्णात् विद्वान्,बस्ने टोल, पवित्र भूगोल, हुने नै सुकर्म, उता पर लौरी घोल, तुलसीपुर, यता कमलपोखरी, चितवन झुवानी पुग्दा खगेन्द्रमल्ली, ज्यामिरे हाजिर। पण्डित सर्वेश्वरदयाल आशुतोष साहिला, मगज कारखानामा, साँढे बाईस मिनेटदेखि एउटा थेसिस, पी एच डीको, फूल पावरवाला चस्मा लगाएर घोत्लिएका, भिडिओ कल आयो, “दाजु, सञ्चै ?”

“खाएकै छु, मर्निङ्ग वाकमा धाएकै छु, गोपीगीत गाएकै छु, जार र साधु जो पनि आउने, तिनलाई दाएकै छु, त्यस्तो मरणान्त, शरीरान्त, वेदान्त, मेदान्त पुर्याउन पर्ने त भएको छैन त हौ भाइ, किन यसरी पौने तेईस !? अमृता प्रीतम दिदीका “अनिताहरू” अङ्कल भनी सरस्वतीपुत्रीको यो मन्दिरमा आएकै छन् … मनोपर्यावरण सफा राखेर गएकै छन् …  दाइलाई बिरामी हुने फुर्सद छैन मेरो हवाइनेस फरेस्ट किलर बज्रकान्त मैनाली प्रोफेसर अजेयराज सुमार्गी भाइ, यो सुखी दाइ, ढुक्क छ, चुट्किला उद्योग र पण्डाल व्यवस्थापनमा मेरो नर्फोके ज्यामिरे भाइ सक्षम!म ढुक्क । अक्षत मध्यरात! सरसर्ती क्यानडा ! देशदेशावरपछि सुमेधाश्री, पदमपुरमा ! सञ्चै छु त बबुवा ! किन चिन्ता ? यहाँ देशको छ चिन्ता, झिल्को आयो भाइ,आयो !”

“आम्माम्मा, दाजु,यो त कपिल शर्मा र सिद्दु पाजी पनि चइट हुने, चार्लीले च्याप्प लिने जस्तो अभि सुवेदियन बुलावतारीयन कमेडी आयो त मेरा आर्जव दाजु, हे, त्यो दिनका एक्लै एक्लै एक्लै यात्री, हे सम्पूर्ण वस्तीका आफन्त, कुमारदेखि कन्याकुमारीसम्म, काश्मीरसम्म, हजुरकै विजय, जहाँ नपहुचे चमक उहाँ पहुँचे दमक ! जय गुरु गोविन्द ! यो अभिधा, लक्षणा, व्यञ्जना धान्न गाह्रो भयो, यो नादान, गजलेलाई ! दाजी डल्लै रेला भयो। ॐ शान्ति ॐ, हरि ॐ !” प्रोफेसर अजेयराज सुमार्गी ।

“भाइ, जरा जोर से, महासाहित्यकार, उनी, अमीताभ बच्चन, खीबरा, इबरा, श्रीकृष्ण लीला, रत्ननगर के मणि, जय नेपाल, मत छोडना, यस्तै छ मेरो गोपी,के कसो छ हौ त्यता ?” दाजु,प्रेमसागर, दयालु,पग्लिए, प्रणाम सगरमाथा भनी अग्लिए, भवानीपुर, कलैया पुगी। “अमूर्त कमेडी” जारी छ, मनमा देशको “जार” छ, इन्द्रसहित।

अर्को दिन, “दाजु, भाइ त मनराज मात्र होइन अर्थराज पनि हो, कुबेरराज पनि, कतै केही असजिलो परेमा भाइ छ है।”

“आहा हा भाइ, मोग्याम्बो दाइ खुश हुवा, साहित्य यतिखेर भुस हुवा, भाले हेर्नू बकम्फुस हुवा, जति खर्च गरे पनि नसकिने गरी कमाइएछ का, क्यार्ने ? नौ लाख जति लगेर त्यता ब्याजमा लगाम् तो,अलि भरपर्दो आसामीहरू, अरम त्यति, लू भाइ त्यति शीघ्र !” दाजी ।

“आम्मै, झ्याम्मै ! सकिन्न दाजुसित ! दाजु, जय नेपाल । यो सेन्स अफ ह्यूमर त अब भाउजूलाई भन्छु। कोइराला पन्थी गौतम सबैलाई सुनाउने पक्का! दाजु, मेरो दाजु, कति सोझो,भन्नुभएको थियो मलाई वस्ती गुरुले, “हाम्रा जेठा दामादश्री त देवता” हैच, मानियो। दाजु,नमन !!” गोपी टाप। भागेर क्यानडा पुग्यो। कोपिला खोज्दै,नयाँ मुगलानमा, धरावासी पो फेला पार्यो।

०००
हाल- क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x