साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब ठोक बाजा

कडा छु मानौँ यमराज भन्दा घैँटेहरूबाट असुल्छु चन्दा माओ गएकैतिर जानु पर्छ जेथाे छ जेजे सब लानुपर्छ ।।

Nepal Telecom ad

हाेम सुवेदी :

ठिनेमिने तुच्छ भुरेहरू हो
के ठान्दछौ ए धतुरेहरू हाे
हज्जार राजाहरूको हुँ राजा
मुलेहरू हाे अब ठाेक बाजा ।।

खोया छ बिर्के अमिलो छ खाजा
पाइन्न बिर्के पनि आज ताजा
झोले र चम्चे सबको हुँ राजा
मुलेहरू हाे अब ठाेक बाजा ।।

हन्डी छिमेकीतिरबाट खाएँ
लुटी यताबाट उतै बुझाएँ
भूमाफियाकाे पनि मै हुँ राजा
मुलेहरू हाे अब ठाेक बाजा ।।

आफन्तलाई पनि पाल्नुपर्छ
छोरी पुगून् माथि उचाल्नुपर्छ
घुस्याहरूको पनि मै हुँ राजा
मुलेहरू हाे अब ठाेक बाजा ।।

केही भरौटे जन साथ पाएँ
हत्या बलात्कार सबै चिताएँ
आतङ्कवादी गणको हुँ राजा
मुलेहरू हाे अब ठाेक बाजा ।।

छिमेकमा दास भएर बस्थेँ
निधारमा चन्दन धेर घस्थेँ
ऐले यताको छु म भव्य राजा
मुलेहरू हाे अब ठाेक बाजा ।।

सामन्तवादी जति छन् पछार
आफ्ना भरौटे सब माथि पार
लुसुक्क आएँ म बनेर राजा
मुलेहरू हाे अब ठाेक बाजा ।।

अड्डा गरेँ ध्वस्त र सेखी झारेँ
लुटेर ल्याएर सबै थुपारेँ
सामन्तको नै पनि मै हुँ राजा
मुलेहरू हाे अब ठाेक बाजा ।।

छोरी र सम्धी अनि बार साला
भेडाहरू छन् घरका रुँगाला
स्वयं म नै तस्करको हुँ राजा
मुलेहरू हाे अब ठाेक बाजा ।।

कात्रो ठुलो एक मिलाइऊ
गोजी त्यहाँ एक सिलाइदेऊ
त्यहाँ थुपार्नू रुपियाँ र खाजा
मुलेहरू हाे अब ठाेक बाजा ।।

कडा छु मानौँ यमराज भन्दा
घैँटेहरूबाट असुल्छु चन्दा
माओ गएकैतिर जानु पर्छ
जेथाे छ जेजे सब लानुपर्छ ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x