साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘दाह्री’ काव्यमाथि कवितात्मक समीक्षा

व्यङ्ग्य साहित्यको यौटा कोशेढुङ्गा छ सावित इतिहास रची छाड्यो नायकको त कीर्तिले ॥ सानो चट्ट मिलेको छ बालसाहित्य गरी व्यङ्ग्यको तेजिलो बत्ती अँध्यारो बीच जुन्किरी ॥

Nepal Telecom ad

बी.के. पाल्पाली :

दाह्री हो व्यङ्ग्यको शान दाह्रीकै छ बखान यो
पहिलो व्यङ्ग्यको त्यान्द्रो लीलाध्वज महानको ॥१॥

राजा रङ्क सबै पाल्छन् दाह्री शान लगाउन
पुरोहित, रजौटा वा राजा, लेखक, पण्डित ॥२॥

सन्तवीर, बहादुरै, धूर्त, डाँकु र चोर नै
मान्छेमा मात्र देखिन्छन् भालेपन भने पनि ॥३॥

बोका सिंह र घोडाको ढोंग मात्र भने हुने
मान्छेले मात्र दाह्रीको कत्रो शान लगाउने ॥४॥

कविले यसकै चियो गर्दै काव्य बनाउँछन्
दाह्रीको महिमा गान व्यङ्ग्यभित्र सजाउँछन् ॥५॥

दाह्रीकै हुन्छ रे कूची ब्रश बुट ब्रशै पनि
पङ्ख चमरको काम झिँगा माखा धपाउन ॥६॥

ज्ञानी बुज्रुक हूँ भन्ने शान यस्ले दिलाउँछ
मूर्खे समानमा यल्ले घोर विद्वान् त मान्दछ ॥७॥

राँडो नराँडको चीनो राख्नै सहज हुन्छ रे
सधवा विधवा के हो डोरीले छुट्टिए सरी ॥८॥

मुसारेर कही दाह्री गम्भीर पन मिल्छ रे
दाह्री बुज्जुकको चिह्न देखाउने रवाफ रे ॥९॥

यस्तै व्यङ्ग्य थुपारेर लेखिएको छ पुस्तक
पहिलो व्यङ्ग्यको लक्का कृति यो जवान छ ॥१०॥

व्यङ्ग्य साहित्यको यौटा कोशेढुङ्गा छ सावित
इतिहास रची छाड्यो नायकको त कीर्तिले ॥११॥

सानो चट्ट मिलेको छ बालसाहित्य गरी
व्यङ्ग्यको तेजिलो बत्ती अँध्यारो बीच जुन्किरी ॥१२॥

०००
लीलाध्वज थापा (जीवनीकाव्य) २०७९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x