साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाह्रो छ नेता हुन

हाम्रो नीति खराब हो कि अथवा दाम्रो व्यवस्था भयो । बिग्रेको तलसम्म हाल किन हो सच्चिन्छ या मर्छ यो ॥ भ्रष्टाचार बढेर राष्ट्र सकियो निष्पक्ष मान्छे चुन । पैसा खर्च गरेर व्यर्थ छ बुझौँ गाह्रो छ नेता हुन ॥

Nepal Telecom ad

कविराज घिमिरे :

खस्छन् तप्प निधारबाट पसिना भ्याई नभ्याई कुदेँ ।
पैसा खर्च गरेर धन्न बलले उम्मेदवारी बुझेँ ॥
छन् पार्टी तहमा जुझारु जन ती विद्रोह गर्छन् सुन ।
गर्दा खर्च समेत हुन्न सजिलो गार्‍हो छ नेता हुन ॥१

नेताले सुरुमा लिए नगद जो त्यो बाध्यता नै थियो ।
विद्रोही अब ठिक्क पर्दछ यता खेल्दै छ डन्डीबियो ॥
जो हो स्वार्थविहीन स्वच्छ गतिलो सक्तैन है धाउन ।
पैसाले नथिचे कदापि सजिलै गाह्रो छ नेता हुन ॥२

डुल्दा टोल र गाउँमा घरघरै ती कार्यकर्तासँग ।
ख्वाई मासु र भात मादक कुरा पैसा गए कञ्चन ॥
लावा लस्कर छन् हटाउन यहाँ को सक्तछन् ती घुन ।
उठ्ला खर्च कहाँ डुबेँ म अहिले गाह्रो छ नेता हुन ॥३

बेच्छन् भोट उता खुरुक्क जनता को सक्छ सम्झाउन ।
मोलामोल गरेर टप्न नसके फर्किन्न आफ्नो धन ॥
के साह्रो जनता चलाख अब झन् खुत्रुक्क पार्छन् जुन ।
बारी खेत सबै सरक्क सकियो गाह्रो छ नेता हुन ॥४

गर्ला क्याप्चर भोट हार्छ जसले रोक्नैपर्‍यो त्यो पनि ।
नाना छन् अझ धाँधली मतबिसे जान्नैपर्‍यो त्यो पनि ॥
ए गाँठे ! कतिसम्म उत्रिन कडा चर्को परीक्षा गुन ।
यी खाल्डा कसरी भरूँ म नमरी गाह्रो छ नेता हुन ॥५

हाम्रो नीति खराब हो कि अथवा दाम्रो व्यवस्था भयो ।
बिग्रेको तलसम्म हाल किन हो सच्चिन्छ या मर्छ यो ॥
भ्रष्टाचार बढेर राष्ट्र सकियो निष्पक्ष मान्छे चुन ।
पैसा खर्च गरेर व्यर्थ छ बुझौँ गाह्रो छ नेता हुन ॥६

मन्त्री सांसद होस् कि वा प्रमुख होस् त्यो पालिकाको कतै ।
के गर्ला र विकास हेर जन हो पैसा उठायो निकै ॥
चाँजो पार्छ समातिँदैन कहिलै उठ्तै छ आयो पुनः ।
यस्तो कर्म सकेन गर्न जसले गाह्रो छ नेता हुन ॥७

०००
भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x