साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फलानो

सर्वज्ञानी हुँ, ईमानदार हुँ, देशप्रेमी हुँ, असल छोरा/लोग्ने हुँ प्रकृतीप्रेमी हुँ, मिहिनेती हुँ.... आदि... आदि भन्ला तर त्यसको ठिक उल्टो सोच्नुहोस् कुनै/केहि कुरासँग खुशी छैन ऊ सन्तोष छैन उसलाई फलानो घटिया छ म फलानो हुँ तपाईं फलानो हो ।

Nepal Telecom ad

(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा तृतीय  पुरस्कार प्राप्त कविता  हाे याे ।  छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com मा यथाशीघ्र पठाउनु होला ।  -प्रधान सम्पादक)

भङ्ज्याहा, रिसाहा र छुद्र बोली भएको छ
लोभि, कुटिल, अल्छी र खोक्रो छ
फलानो खत्तम छ

महिलाहरू प्रति उसका विचारहरू घटिया छन्
र्‍याल चुहाउँछन्

स्वार्थले भरिपूर्ण  छ व्यवहार
दुनिया भरिका मान्छेको कुरा काट्दै
निन्दा गर्दै हिँड्छ

सबैले आफ्नो
मात्र आफ्नो
नितान्त आफ्नो
प्रशंसामा शब्दहरू खर्चिउन् भन्छ

आफन्तहरूलाई अपराधी बताउँछ
दुश्मनका हरेक कुरामा डाह गर्छ, मुर्मुरिन्छ
आस्तिक छुईन भन्छ र भगवानहरूलाई सराप्छ

साँझ-साँझ भट्टी छिरेर, आफ्नो मालिकको खोइरो खन्छ
जागीर छोड्ने धम्की दिन्छ
आफूलाई सर्वश्रेष्ठ श्रमिक प्रमाणित गर्न तम्सिन्छ
फलानो फटाहा छ

धुर्त छ, नाटक गर्न माहिर छ
दाह्रा किटेर, बजाउँछ अरूका उपलब्धिमा ताली
फिस्स हाँस्छ नक्कली हाँसो

अपशब्दको शब्दकोश सायद उसैले लेखेको होला
आशे छ, सबैसँग केहि न केहि आश गर्छ

बाआमालाई राक्षस जस्तो व्यवहार देखाउँछ
श्रीमतीसँग पनि खुशी छैन

साथीहरूलाई आपतमा साथ दिँदैन, उल्टै आरोप लगाउँछ
अवसरवादी, घमण्डी र स्वार्थीको
छुटेकी प्रेमीकाहरूलाई चरित्रहिन भन्दै हिँड्छ

अरूले बोलेका हरेक कुरा
झुटा हुन्, निरर्थक हुन् सोच्छ

विभेद गर्दिन भन्छ, विभेदकारी
सत्ता लडाउँछु भन्छ, मौखिक क्रान्तिकारी

मासुभात डकारेर, साग र सिस्नुका आदर्श छाँट्छ
पैसाका लागि मरिहत्ते गर्छ, स्विकार्दैन

आध्यात्मिक विचारहरू पोख्छ तर मनमा शान्ति छैन
जीवनको सुन्दरता देखाउँछ, आत्महत्या बारे सोच्छ

सर्वज्ञानी हुँ, ईमानदार हुँ, देशप्रेमी हुँ, असल छोरा/लोग्ने हुँ
प्रकृतीप्रेमी हुँ, मिहिनेती हुँ…. आदि… आदि भन्ला
तर
त्यसको ठिक उल्टो सोच्नुहोस्
कुनै/केहि कुरासँग खुशी छैन ऊ
सन्तोष छैन उसलाई
फलानो घटिया छ

म फलानो हुँ
तपाईं फलानो हो ।

०००
सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ब्रह्माजीको पिलो

ब्रह्माजीको पिलो

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
ग्रहहरूको ताण्डव

ग्रहहरूको ताण्डव

सुरज पराजुली
अभिनय

अभिनय

सुरज पराजुली
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x