सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जन्तु

कुकुरहरूको बुद्धि र यिनका स्वभावको चर्चाको धेरै कुरा छाँटियो । अब अन्तमा के हामी मानिस यी कुकुरहरू जस्तै हौं र ? भनेर पाठक वर्गमा प्रश्न राख्दै कुराको चुरो भनौ वा बिट मारौं कि झै लाग्यो । तीनै प्रकारका कुकुरहरूको जय होस् ।

Nepal Telecom ad

कतिखेर कहाँ कति पावर लगाएर भुक्ने र लगातार कति समय भुक्ने भन्ने कुरा सायद कुकुरलाई मात्रै थाहा हुन्छ । यो जन्तुको एउटा बिचित्रको सुँघ्ने शक्ति हुन्छ । कुकुरले नाकले सुघेको भरमा धेरै कुरा पत्ता लगाउँछ । त्यसैले कुकुरलाई बुद्धिमान जन्तु भनिन्छ ।

उसो त जनावरहरू मध्येको सर्वश्रेष्ठ जनावर मानिसलाई भनिन्छ तर बुद्धिमा त मानिसलाई कुकुरले जितेको हुनुपर्छ । घडीको सुईसँग आफ्नो चालचलनलाई सेटिङ गर्न कुकुर चतुर हुन्छ । बिहान के गर्ने दिउँसो के कति काम गर्ने र रातीमा कति खबरदारी गर्ने भन्ने कुरा कुकुरलाई सिकाई रहनु पर्दैन । अझ कति कुकुरहरूले त बकाईदा तालिम नै पाएका हुन्छन् । तालिम नै पाएका कुकुरको त झन के कुरा गर्नु कसैले बयान गर्न सक्दैनन् ।

कुकुर यति सिपालु हुन्छन् कि तिनले जसका बिरुद्ध भुक्छन्, भुक्या भुक्यै गर्छन् तिनले भुक्दा पछाडिबाट नराम्रो गरी वायु नै प्रदुषित पार्छन् । फेरि तिनै कुकुरले पहिला जसलाई भुक्या हुन के ताल मिल्छ ? तिनैको अगाडि गएर पुच्छर यसरी हल्लाउँछन् कि तिनको पुच्छर पवित्र चम्मरको झुप्पा नै हो । अगाडि भुक्दा छोडेको ग्यास वायुमण्डलबाट पर पर पुर्याउने गरी पुच्छर हल्लाउँछन् । यहाँनेर भने कुकुरसँग पनि शंका लाग्छ । हुन त कुकुरको पनि पेट हुन्छ र पेटले खानेकुरा नै माग्छ । जस्ले खानेकुरा कुस्त पुग्ने गरी दिन्छ उस्को चाकरी नगरी के गरोस् बिचरा ।

कुकुरको बिलक्षण प्रतिभाले चोर, डाँका, फटाहा र विकृत विचारक छुट्याउन सक्नुपर्ने हो । तर समय सँगसँगै यिनको बिश्वसनीयतामा समेत प्रश्न चिन्ह लाग्ने गरेको छ । गाउँबस्ती समाजमा कुखुरा चोर स्यालहरूको बिगबिगी छ । दिनदहाडै स्यालले खोरहरू नै रित्तो हुनेगरी कुखुरा सखाप पार्न सक्छ । स्यालको खबरदारी गर्न तैनाथ हुनुपर्ने कुकुरले स्यालकै चाकरी गर्न थाल्यो र स्यालसँगै मिलेर कुखुरा खान थाल्यो भने के भन्ने ?

कुकुर जन्तु मध्येकै बुद्धिमान जन्तु भएकोले उसको बुद्धिमत्तापूणर् कामको फुम नपाएको पनि हुन सक्दछ । एकातिर स्याल कराउँने अर्कोतिर फर्केर कुकुर भुक्ने गर्‍यो भने के बुझ्ने ? या त कुकुर स्यालको चाकरी गर्दैछ या स्याललाई छकाएर फन्दामा पार्ने दाउ गर्दैछ । कहिलेकाहीँ कुकुर आकासतिर मुन्टो फर्काएर भुक्छ । यो भुकाईको बारेमा यसो अनुमान लगाउँदा किन कसैलाई सोझै चुनौती दिने बरु मध्यस्तरमा समग्रलाई नै थर्काउँ भनेर हुन सक्छ जस्तो लाग्छ ।

कुकुरहरूको जाति प्रजाती जे जति भए पनि ति सबै जाति प्रजाति तीन प्रकारको सौखले रहेका हुन्छन् । एक प्रकारका कुकुरहरू स्वच्छन्द बिचरणमा रमाउँछन् । तिनलाई समाजले भुस्याहा कुकुर भन्ने गर्छन् । दोश्रो गलामा पट्टी बाँधेर कुनै एक कुनामा साङ्लोमा जकडिएर बसेका हुन्छन् । अर्को थरी कुकुर मान्छेले भन्दा बढी सौखले रहेका हुन्छन् । तेश्रा खाले कुकुरहरू मानिसले खाने थालमा भुजा ज्युनार गर्छन् र मानिससँगै पलङ्गमा सुकला हुन्छन् । तीनै प्रकारका कुकुरहरूमा दोश्रो प्रकारको अलि सिकारी टाईपको रिसाहा स्वभावको हुन्छ तर पहिलो थरी भुस्याहा भन्दा केही अनुशासित हुन्छन् । तेश्रो थरी केवल हेर्नका डाल र खानका काल हुन्छन् ।

कुकुरहरूको बुद्धि र यिनका स्वभावको चर्चाको धेरै कुरा छाँटियो । अब अन्तमा के हामी मानिस यी कुकुरहरू जस्तै हौं र ? भनेर पाठक वर्गमा प्रश्न राख्दै कुराको चुरो भनौ वा बिट मारौं कि झै लाग्यो । तीनै प्रकारका कुकुरहरूको जय होस् ।

०००
२०८० बैशाख २१ गते रोज ५ शुभम् ।
गल्कोपाखा, काठमाडौ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
बुढो मन सम्हाल्नु छ

बुढो मन सम्हाल्नु छ

अशोककुमार शिवा
विरासत

विरासत

अशोककुमार शिवा
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
अन्तरद्वन्द्व

अन्तरद्वन्द्व

अशोककुमार शिवा
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन