साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मञ्जुश्रीको ७० अ‍ौं शृङ्खला सम्पन्न

मञ्जुश्रीका अध्यक्ष डा.बमबहादुर जितालीको अध्यक्षता, ऋषिकेश बरालको प्रमुख आमन्त्रितत्वमा कविगणको उपस्थिति र प्रस्तुति रहेको थियो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ जेठ ४ । मञ्जुश्री साहित्य समाजको ७० अ‍ौं शृङ्खला विद्युतीय सञ्चारका माध्यमबाट सम्पन्न भएको छ ।

वीरबहादुर लोहनीको सञ्चालन, मञ्जुश्रीका अध्यक्ष डा.बमबहादुर जितालीको अध्यक्षता, ऋषिकेश बरालको प्रमुख आमन्त्रितत्वमा निम्न कविगणको उपस्थिति र प्रस्तुति रहेको थियो ।

बालकृष्ण सुवेदी- लोकछन्दमा, टेकबहादुर लौडारी- “चिन्नै गाह्राे छ सक्कली”अनुष्टुप, लक्ष्मीप्रसाद मिश्र- लोकलयमा, सुरेशचन्द्र घिमिरे- ” विकृत नेपाल” लोकलयमा विकृतिप्रति लक्ष्यित रचना, गणेश आत्रेय-वृद्धअवस्थाको चित्रण भएको कविता मात्रिक छन्द, खोलाघरे साहिंलो -वाणीको शक्ति, चन्द्रा न्यौपाने-१० वटा सुसेलीहरू, अपाङ्गता भएकाहरूप्रति सकारात्मक हुने सम्बन्धी भावमा लेखिएका थिए, , आनन्द अधिकारी -“प्रिय दु:ख” मुक्त लयको कविता नवीन पुस्तालाई दुःखको रूपमा बिम्बित गरेर सम्बोधन गरिएको भावका रचना थिए ।

त्यसै गरी वीरबहादुर लोहनी- ” हिमालको काख” लोकलयमा, ऋषिकेश बराल- “भुल्यौं” शार्दूलविक्रीडितमा” हामीले अब उच्च पार्नु कसरी हाम्रो झुकेको शिर” समस्यापूर्ति- आफ्ना मौलिक पहिचानका हरेक कुरा भुलेर आधुनिकताका नामा हामीले आफ्नै शिर झुकायौं भन्ने भाव, सुशीलकुमार रिजाल-कविता” प्रेमको गान” शार्दूलविक्रीडितमा- प्रेममा असफलता वा धोकाको वर्णन जस्ता सिर्जना प्रस्तुत भए ।

डा.बमबहाहुर जिताली-सधन्यवाद अध्यक्षको मन्तव्य- नवविकसित विधाहरू लोकसाहित्यकै विविध रूप हुन्। आजका सबै रचना गुणस्तरीय रहे भन्ने मन्त्व्यसहित आफ्नो रचना- “शङ्कटा .. स्रग्विणीमा प्रस्तुत गर्नुभयो ।
इन्दिरा पनेरु, शङ्कर पाण्डेले उपस्थिति मात्रै देखाउनुभयोकाे थियाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x