साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढो मन सम्हाल्नु छ

मनले सबैथोक गरिभ्याउने । यो मनलाई कन्ट्रोलमा राख्न धेरै गाह्रो भयो । तर अब त्यसरी भएको छैन जसरी भएपनि मनमा लगाम लगाउनु नै छ । फेरि लगाम खैँचने नभएको पनि होइन ।

Nepal Telecom ad

अशोककुमार सिवा :

नाफा नभई घाटा हुन्न अनि घाटा नभई नाफा हुन्न । यो घाटानाफाले एकार्काको स्थान अचानक सम्हाल्छन् । कतिपय कुराहरू प्राप्ति हुँदैमा नाफा नै भयो भन्ने हुदैन किनकी घाटा पनि हातलाग्ने चिज नै हो । यति हुँदाहुँदै पनि हामी नाफा भेट्दा खुशी हुन्छौँ र घाटा हुँदा दुःखी ।

हाम्रो जीवनले नाफाघाटा महसुस हुनेगरी खुट्याउन जानेको हुन्छ । बच्चा बेला धेरै नाफा भएको हुनुपर्छ । त्यो बेला केवल खाने पिउने र सुत्ने काम मात्रै हुने हो । अनि सधैँ हातहातै पातपातै भइन्छ । युवाले बोक्छन् युवतीले बोक्छन । जोजस्ले बोक्छन् सबैले माया गर्दै पप्पी दिन्छन । बिस्तारै वयस्क हुदै जाँदा सार्वजनिक मायामा कमी आउँदै जान्छ । जब युवा भइन्छ तब त माया अप्रत्यक्ष मात्रै हुन थाल्छ । प्रत्यक्ष मायाको लागि युवाले धेरै पापड बेल्नु पर्छ । पापड बेल्नु यति गाह्रो काम कि कुरा नगरौँ, बल्ल बल्ल पापड बेल्यो सेक्ने बेलामा कि त भुसुक्कै डढ्ने कि त काँचै । पापड डढ्यो सकियो तर काँचै भयो भने खादा पेट खराब होला भन्ने पीर ।

मुस्किलले एउटा मायालाई दिगो बनायो र निजी बनायो, केही समय त रमाइलो हुन्छ । अझ सुरुका दिनहरू त तिरिमिरी नै हुन्छ नि । बिस्तारै तिरिमिरी झ्याई झ्याई हुदै चाइँचुइँ घाइँघुइँ हुनथाल्छ । आफुले पापड बेलेको बेल्नाले आफै बेलिनु पर्छ । करिब चालिससम्म यो क्रमको उतारचढाव स्पष्टै थाहा हन्छ । चालिस कटेर उकालो लाग्दै जादा अब रमाउने दिन आयो है भन्यो भनाईमा मात्रै सीमित केको रमाउनु, उमेरभरि लखतरान परेर काम गर्याे कमायो धमायो बसेर मोज गर्ने गर्ने बेलामा शरीर शिथिल हुन थालिसक्दो रहेछ । यो नखाऊ, त्यो नखाऊ, यो नगर त्यो नगर, पथपरहेजमा बस उफ् के के हो के के ?

बिस्तारै ज्यान बुढो हुँदै जाँदा मन भने झन्झन् तरुनो हुन खोज्ने । तरुनो मनलाई सम्हाल्न धेरै गाह्रो । जे देख्यो त्यसैमा लोभिने । जे भेट्यो त्यसैमा अल्मलिने ।

पल्लोघरका बल्ड्याङ्ग्रे काका म भन्दा १० वर्ष जेठो हुन्, बलको काम केही गर्न सक्दैनन् तर फुर्ति सानो छैन । गफले संसार पिट्छन् । चुरोटको सर्को तान्दै गफ हान्दै । अझै दुईचारवटी तरुनीसँग मस्त छु म पो भन्छन त ए नसक्नु गाँठे । ती काकाको सङ्गतले झण्डै बिग्रिसकेको म । बाङ्गालाई छोई नसक्नु, सोझोको काल । कति खपुन सोझासोझीले ? एकछिन एकछिनमा बोलाएको छ जिस्काएको छ ।

ज्यानमा सुगर लागेर सु गराएको गरायै गर्छ । प्रेसरले मुटुको धड्कन बढ्याबढ्यै गर्छ फेरि पनि फुर्ति चैँ भने पच्चिसेको जस्तो । “मनको लड्डु घ्युसँग” भन्ने उखान ठ्याकै मिल्ने । मनले सबैथोक गरिभ्याउने । यो मनलाई कन्ट्रोलमा राख्न धेरै गाह्रो भयो । तर अब त्यसरी भएको छैन जसरी भएपनि मनमा लगाम लगाउनु नै छ । फेरि लगाम खैँचने नभएको पनि होइन । ढाडमै बसेर लगाम खैच्या खैच्यै हो । फेरी पनि अटेर छ यो मन ।

अबदेखि मनलाई बसमा राख्न तन तम्सेर जुर्मुराएको छ । तनको जुर्मुराईले कतिको थेग्न सक्छ त्यसको परीक्षा हुनेवाला छ । चिनी खान हुन्न गुलियो नभै नहुने । नून खान हुन्न नून नभै नहुने मनलाई यो तनले कतिको जित्न सक्छ कि आफै लखतरान परेर लम्पसार हुन्छ हेर्न बाँकी छ । तर पनि जसरी हुन्छ बुढो मन सम्हाल्नु छ ।

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x