साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री-संवाद

"के रोग लाग्छ ?” “विदेश घुम्न रिंगटा" "कुन दृश्यमा माधुरी ?" "मातेको मदमा झुमेर सहसा सौन्दर्यको पाखुरी ।" "कस्तो बात मिठो ?" "फकाइ जनता, लठ्याइ आश्वासन जो भेट्छन् गरुँला म भोलि उनको काम‌काज भन्ने मन ।"

Nepal Telecom ad

डा. जीवन अधिकारी :

“को हो ?” “मन्त्री म हुँ” “छ काम कुन ? ” त्यो भण्डार रित्याउने
“के गछौं ?” “अरुको मलाई” “कसरी ?” “सर्वस्व रित्याउने”
“को हो मित्र ?” “उ भ्रष्ट बन्छ यसरी” “के मा छ आनन्द रे ?”
“राष्ट्रैको ढुकुटी उडाइ परदेश घुम्नू खुबै मोज रे !”

“के खान्छौ ?” “घुस खान्छु टन्न” “कसरी ?” “पत्नी सबै गर्दछिन्”
“पैसा हुन्छ कहाँ ?” “विदेशतिरका भण्डारमा पर्दछन्”
“के हो धर्म ?” “बनाउने महलका अग्ला ती अट्टालिका”
“के ले पार्दछ दिक्क ?” “काम दिनदिन मन्त्रालयै धाउँदा ।”

“के रोग लाग्छ ?” “विदेश घुम्न रिंगटा” “कुन दृश्यमा माधुरी ?”
“मातेको मदमा झुमेर सहसा सौन्दर्यको पाखुरी ।”
“कस्तो बात मिठो ?” “फकाइ जनता, लठ्याइ आश्वासन
जो भेट्छन् गरुँला म भोलि उनको काम‌काज भन्ने मन ।”

“कैलेसम्म रहन्छ मन्त्रि पद यो ?” “बाँचू म जैलेतक”
“के भन्छन् अरुले ?” “भनून् जुनसुकै कुरा, छ के मत्लव ।”
“वाचा पूर्ण भए चुनाव गरदा ?” “उठ्यो अलि खर्च ता
फेरि जित्छु चुनाव, हार्छु कसरी ? खर्चन्छु पैसा म ता ।”

०००
फित्काैली, पूर्णाङ्क ८, (२०६३ असार)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शुभकामना नयाँ वर्षको

शुभकामना नयाँ वर्षको

डा.जीवन अधिकारी
टुक्का महिमा

टुक्का महिमा

डा.जीवन अधिकारी
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x