साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुक्का महिमा

Nepal Telecom ad

देख्याैं नाटक थुप्रै पाली कामचलाऊ height=
पर्दाभित्र पकायाैं अाफ्नै निम्ति पुलाउ । {{read_more}}
बाेल्याैं थल्बल बाेली चस्मा माथि धकेली
कुर्सी बाेल्दछ टुक्का \’के भन्देखि\’ अकेली ।।

पारी लट्पट जिब्राे दाह्री झुस्स फुलाई
बाेल्ने काल पुरानाे सम्झूँ खै किन भाइ ?
सुत्थ्याे शेर गुफामा काढी दैनिक हाई
मार्थी रे बघिनीले वैरी मन्त्र जगाई ।।

राजा एक उखेली राजा सात जुटायाैं 
आस्था बन्धु सबैकाे मारी आँत फुटयाैं ।
चारैतर्फ पुजारी घेर्ने छन् हनुमन्ते
खल्ती भर्नु छ आफ्नै अर्काे खा किन भन्थे ।।

पालाे भाग लागाई नेता चुन्दछ कुर्सी
माेदी आशिष पाई टुक्का बुन्दछ कुर्सी ।
टुक्का खाट बनाऊ टुक्का आसन जाेड
टुक्का हाल सिरानी टुक्का कम्बल ओढ ।।

टुक्का भात पकाऊ टुक्काकै तरकारी 
टुक्का दाल लयालु टुक्का भाेज्य तयारी ।
टुक्कादार छुरीले आस्था काट टुटाऊ
टुक्का स्वाद नपस्के भान्सा पस्न नआऊ ।।

तिम्राे इज्जत राख्दै गाली गण्डक खान्छ 
दाैरा काेट लगाैंटी टाेपी दक्षिण तान्छ । 
काेशी बाँध नखाेली कर्णाली थुन पानी 
जम्मै देश डुबाई टुक्के जाहज ल्याऊ ।।

लाग्छन् भाषण फिक्का टुक्के बात बिनाका 
हाँस्तै व्यङ्ग्य सुसेल्छन् टुक्के दाँत बिनाका ।
टुक्र्याऊ बरु माटाे माटाे हाे जड रुन्न 
चर्काेस् शैल हिमाली टुक्का टुक्रन हुन्न ।।

टुक्का निल्छ गरीबी पार्दै उन्नत टुक्का
खाऊ राहत टुक्का याे आश्वासन टुक्का ।
गायत्री बरु छाेडे टुक्का फल्छ नछाेडे
घाेक्न नजाने टुक्का पर्ला पक्रिन हुक्का ।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मन्त्री-संवाद

मन्त्री-संवाद

डा.जीवन अधिकारी
शुभकामना नयाँ वर्षको

शुभकामना नयाँ वर्षको

डा.जीवन अधिकारी
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x