साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वार्षिकोत्सव, सम्मान अर्पण र कविगोष्ठी

Nepal Telecom ad

अभिनव साहित्य समाजले २०७४/११/२६ गते आयोजना गरेको एक भव्य समारोहमा नियमित रूपमा गर्दै आएको मासिक काव्य गोष्ठी १९३ औँ श्रृङ्खला सम्पन्न भएको  height=छ । {{read_more}} समारोह नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीको प्रमुख आतिथ्यमा भएको थियो । 

समाजको १७ औँ वार्षिकोत्सवको अवसर पनि परेकोले यस समाजको आजीवन सदस्य तथा बेला बेला साहित्यिक रचना प्रस्तुत गर्दै आउनुभएका नव निर्वाचित प्रतिनिधि सभाका सांसद श्री कृष्ण राई, प्रदेश सभा क्षेत्र नं. ३ कोठमाडौँका सदस्य श्री रामेश्वर फुयाल, प्रथम महिला नाटककार श्री सावित्री पोखरेल, पूर्व कार्यसमिति सदस्या श्री भवानी सापकोटालाई सम्मान अर्पण र वर्षोत्कृष्ट वेदमणि अभिनव गजल पुरस्कारबाट पुरस्कृत श्री पुष्पा धमलालाई नगद रु ६००० । सहित पुरस्कार वितरण गरिएको छ । 

कवि गोष्ठीमा वाचित कवितामध्ये अभ्यस्त यात्री, खगेन्द्र खोल्साधरे, रिता खतिवडा र रञ्जना पोखरेलका रचनाहरूलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । रचना वाचन गर्ने अन्य कवि कवयित्रीहरूमा ओमप्रसाद कोइराला, घनश्याम प्रसाई, अच्युत प्याकुरेल निरस, मेनका पोखरेल, विमल अर्याल, रत्ननिधि रेग्मी, मञ्जुश्री प्रधान, सुमन पुडासैनी, महेशकुमार वाग्ले, प्रज्ञा खड्गी, दुर्गा धमला, पवन संग्रौला, बुद्ध शाक्य क, गणेश घिमिर,े विन्दा खतिवडा, डम्बर घिमिरे, जनक वाग्ले, अस्मिता ढुंगाना, विजय विश्वास, प्रदीपरत्न शाक्य, निर्भिक राई, रामकुमार पंडित, सुशील आचार्य, कृष्णदेव रिमाल, गंगा आचार्य, सानु शर्मा, दुर्गा रिमाल, नारायण नेपाल डा. विदुर चालिसे लगायत ४५ जना रहनुभएको थियो । 

समारोहलाई प्रमुख अतिथिलगायत सम्मानित सांसदद्वय, टंक केसी र अन्य सम्मानितले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको समीक्षा सचिव परशुराम पराजुली, उद्घोषण सह कोषाध्यक्ष शारदा पराजुली र कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष वेदमणि घिमिरे गोविन्दले गर्नुभएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x