सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गजलको चर्चासहित कविगोष्ठी सम्पन्न

Nepal Telecom ad

साहित्य सन्ध्याको नियमित मासिक ३८२ औँ शृङ्खला चैत्र ३ गते शनिबार आर.आर क्याम्पस प्रदर्शनी मार्गमा गजलको चर्चासहित कविगोष्ठी” सम्पन्न भयो । height={{read_more}} सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो भने विशेष समारोहका अतिथिहरूमा माननीय सानु पहाडी, माननीय खेम नेपाली, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, प्रा.डा.यादबप्रकाश लामिछाने, गजलकार ललिजन रावल, गजलकार मधु पोखरेल, डा.विदुर चालिसे, वरिष्ठ कवि एवम् सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, वरिष्ठ कवि कणाद महर्षि, वरिष्ठ साहित्यकार रविमान लम्जेल, वरिष्ठ गजलकार रामबहादुर पहाडी, साहित्यकार सुनिल पौड्याल, कवि तारा गाउँले, साहित्यकार डम्बर पहाडी उपस्थित हुनुहुन्थ्यो । 

प्रवासमा रहेर पनि नेपाली साहित्यको साधनामा समर्पित साहित्यकार इन्द्रबहादुर राई र स्वदेशमै नेपाली प्रगतिवादी साहित्यको उत्थानमा समर्पित पीताम्बर भण्डारीको हालै देहावसान भएकाले उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरी थालनी भएको उक्त विशेष गोष्ठीमा गजलकार ललिजन रावलले गजलको सैद्धान्तिक पक्ष तथा वर्तमानको गजलकारिताका बारेमा प्रकाश पार्नु भएको थियो । चालिसको दशकपछिका गजलहरू राजनीतिक–सामाजिक रूपान्तरणका लागि लेखिन थालेका बताउँदै उहाँले अझै व्यापकरूपमा सामाजिकीकरण र सांस्कृतिकीकरण गरिनु आवश्यक छ भन्नुभयो । 

गोष्ठीमा मधु पोखरेल, लीलाराज दाहाल, मुकुन्द न्यौपाने, डा.खेम दाहाल, गोपाल नेपाल, रामचन्द्र खतिवडा, डा.विदुर चालिसे, ललिता दोषी, गङ्गा कमाचार्य, अच्युत घिमिरे, अमृता स्मृति, चूडा निर्भीक, सानु पहाडी, डम्बर पहाडी, टी.एन.भट्ट, कणाद महर्षि, ढुण्रिाज पोखरेल, नानी भारद्वाज, प्रदीपरत्न शाक्य, मोहन सङ्ग्राम, रामबहादुर पहाडी, होमराज श्रेष्ठ, रचना दाहाल, तारा गाउँले, सुनिल पौड्याल, ऋचा, केशवराज निश्चल, खेम नेपाली, रविमान लम्जेल, ललिजन रावल र राम विनयले आआफ्ना अत्यन्त समसामयिक कविता, गीत, गजल, एलाक वाचन गर्नुभएको थियो । 

वाचित सिर्जनामाथि प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष एवम् समालोचक प्रा.डा.यादबप्रकाश लामिछानेले चर्चा गर्नुहुँदै आज वाचित रचनाले आजको युगको यथार्थलाई उजागर गरेका छन् भन्नुभयो । हामी सबैको वैचारिक आन्दोलनको प्राप्ति गणतन्त्रमा हाम्रा सपना साकार हुनसकेका छैनन् तापनि आशावादी जीवनदृष्टि आवश्यक छ । अबका सिर्जनाले हामी कस्तो समाजवाद चाहन्छौँ भन्ने खुट्याउनसक्नुपर्दछ भन्ने विचारसमेत उहाँले राख्नुभयो । 

गोष्ठीका अध्यक्ष राम विनयले सहभागी सबैलाई हार्दिक धन्यवाद दिँदै अर्काे सन्ध्यामा फेरि कुनै समसामयिक विषयमा बहस गरिने बताउनु भयो । 

–रमेश पोखरेल
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad