साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जेष्ठ नागरिक तथा एकल महिला धार्मिक भ्रमण कार्यक्रम

वडा अध्यक्ष श्यामसुन्दर धिमाल सभापति र माथि उल्लेख विभिन्न क्षेत्रमा कार्य गर्नुहुने महानुभाव र सबैभन्दा जेष्ठ ९२ वर्षका पुरुष सूर्यकान्त गेलाल र जेष्ठ महिला दुर्गा न्यौपाने समेतलाई मञ्चासिन गरिएकाे थियाे ।

Nepal Telecom ad

भक्तपुर २०८१ वैशाख १४ । चागुनारायण न पा ३ नं वडाको आयोजनामा जेष्ठ नागरिक तथा एकल महिला धार्मिक भ्रमण कार्यक्रम सम्पन्न भयाे ।

वडा अध्यक्ष श्यामसुन्दर धिमालको अगुवाईमा भएको उक्त कार्यक्रममा करिब ४०० बृद्धबृद्वा सहभागी थिए ।

कार्यक्रममा जेष्ठ नागरिक मिलन चौतारीका श्रीराम न्यौपाने, चा न पा ३ का न स स विष्णुप्रसाद न्यौपाने, शिवराम सुलु, रमा थापा, सुस्मा सुनार, कार्यालय सचिव पशुपति गैडा, चा न पा ६ र ४ का सचिवहरू,भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपाने, चागुनारायण साहित्यिक समाजका अध्यक्ष लालबहादुर भुजेल, गङ्गबु साहित्य समाजकी अध्यक्ष द्वारिका कुइँकेल, सिस्नुपानी नेपालका निर्देशक थरेन्द्र बराल, सूर्यविनायक न पा ३ जेष्ठ नागरिक समन्वय समिति संयोजक विश्वनाथ ढुङ्गेल, सामाजिक सेवा तथा साहित्य संस्था आस्लुनका सल्लाहकार रामप्रसाद घिमिरे सहभागी भएका थिए ।

न पा ३ का पूर्व राष्ट्रसेवक कर्मचारीहरू, स्वास्थकर्मी तथा चा न पा ३ मा कार्यरत कर्मचारीले मेहनत पूर्वक स्वयंसेवकको भूमिका निर्वाह गरेर १५ वटा गाडीमा वज्रवाराही मन्दिर दर्शन गराउनाका साथै मनोरञ्जनात्मक कार्यक्रमको तर्जुमा गर्नुभएको थियोे ।

वडा अध्यक्ष श्यामसुन्दर धिमाल सभापति र माथि उल्लेख विभिन्न क्षेत्रमा कार्य गर्नुहुने महानुभाव र सबैभन्दा जेष्ठ ९२ वर्षका पुरुष सूर्यकान्त गेलाल र जेष्ठ महिला दुर्गा न्यौपाने समेतलाई मञ्चासिन गर्दै भब्य मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।

रु पचास प्रति ब्यक्ति उठाएर खेलिएका विभिन्न खेलमा सहभागीहरू विजयी हुनु भएकाे थियाे । १) सुकुमाया सुलु नगद ४०० । २) कृष्णमाया ठुयाँ नगद ४०० । ३) लक्ष्मी सुलु नगद ४०० । ४) रमादेवी न्यौपाने नगद ४०० । ५) रामबहादुर मल्ल ठकुरी नगद ४०० । ६) सीता खत्री नगद ४०० । ७) श्यामसुन्दर धिमाल नगद ४०० । ८) रामशरण न्यौपाने नगद १२५० । ९) विनिता राजथला नगद १२५० । १०) कान्छी खड्का नगद ३०० । ११) कान्छी थापा नगद ३०० । प्राप्त गर्नुभएको थियोे ।

साहित्यकारका हास्यव्यङ्ग्य रचना र गीत, भजन समेतका प्रस्तुतिले कार्यक्रम ज्यादै रमाइलो भएको थियोे । खाजा खाना यातायात लगायत सम्पूर्ण खर्च वडाको तर्फबाट गरिएको उक्त कार्यक्रममा आयोजकको तर्फबाट रमा थापा ,विष्णु न्यौपाने र शिवराम सुलुले आफ्नो भनाइ राख्नुहुँदै सुझावको अपेक्षा गर्दै आगामी दिनमा बृद्धहरूलाई उपयुक्त हुने खालका कार्य गर्ने भनाइ राख्नुभएको थियो ।

जन्मभूमि नेपाल साहित्य समाजका अध्यक्ष तथा भक्तपुर सुसेली मञ्चका सचिव डिल्लीप्रसाद मूलतिहुनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

अन्त्यमा अध्यक्ष श्यामसुन्दर धिमालले सबैको सल्लाह सुझाव लिँदै आगामी कार्य अघि बढाउने विचार व्यक्त गर्दै सबैलाई उत्साह पूर्ण सहभागीताका निमित्त धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो ।

०००
– डिल्लीप्रसाद मूलतिहुनद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x