फित्काैली डटकमकाेक अर्थात कोठे कविता गाेष्ठी सम्पन्न
नेपाल सांस्कृतिक सङ्घ डिल्लीबजारको सभाकक्षमा रमेश खकुरेलको सभापतित्व र मुकुन्द शर्मा चालिसेको आमन्त्रित प्रमुख आतिथ्यमा काेठे कवितागाेष्ठी सम्पन्न भएकाे छ ।

काठमाडाैं, २०८० वैशाख १४ । नेपाल सांस्कृतिक सङ्घ डिल्लीबजारको सभाकक्षमा रमेश खकुरेलको सभापतित्व र मुकुन्द शर्मा चालिसेको आमन्त्रित प्रमुख आतिथ्यमा काेठे कवितागाेष्ठी सम्पन्न भएकाे छ ।
गाेष्ठीमा भीमदेव भट्ट, भुवनहरि सिग्देल, सीताराम अधिकारी, मिठ्ठु आचार्य, प्रभा आचार्य, समीक्षक जीवन अधिकारीको विशिष्ठ आतिथ्य, प्रह्लाद पोख्रेलको मिठो र सटिक उद्घोषणमा कविता वाचनबाट कार्यक्रम सुरु भयो ।
यसैबिच प्रभा भट्टराईद्वारा लेखिएको कविता सङ्ग्रह-“कविता-प्रभा” कृति मञ्चासिन सबैका हातबाट लोकार्पित भयो । यसमा जीवन अधिकारीको खरो समीक्षापछि कृतिका र आफ्ना रचनावाचन सुरु भए।
प्रेक्षा लम्साल, आर्या घिमिरेले कृतिकै मात्र रचना वाचन गरे। अन्य वाचकहरू- भीमदेव भट्ट (मन्तव्यसहित), मुकुन्द शर्मा चालिसे, कलानिधि दाहाल, मेनका पोख्रेल (दुवै), दिव्यलक्ष्मी पोख्रेल (दुवै), लोचन भट्टराई (कृतिभित्रका र रमेश खकुरेलले कृतिका बारेमै लेखेको समेत), सिर्जना सरोवर (दुवै), रश्मि भट्ट, मोहन तिमल्सिना, टेकबहादुर लौडारी, वीरबहादुर लोहनी, विनोद अधिकारी, मुना अर्याल धिताल, सविता वराल (दुवै), निष्ठा न्यौपानेले रचना वाचन गरे ।
त्सयसैगरी रोज पहाडी, रामचन्द्र घिमिरे(वाचित कविताका पद्यमा नै टिप्पणीसहित आफ्नो पनि), बमबहादुर जिताली, प्रगति आचार्य (प्रभाकी बहिनी कृतिको मात्र), रवि ओझा (कृतिको मात्र), सीताराम अधिकारी, भवानी खतिवडा (कृतिको मात्र), कोशराज न्यौपाने, भुवनहरि सिग्देल, प्रभा भट्टराई (मन्तव्यसहित), प्रह्लाद पोख्रेलहरू पनि रचना वाचनकाे कित्तामै खडा थिए ।
अन्तमा सभापतिको आसनबाट पद्यकवि धरोहर रमेश खकुरेलले मन्तव्यसहित सभा विसर्जन गर्दा छ बजेको थियो।
०००
– तस्विर र विवरण कलानिधि दाहालकाे साैजन्यबाट
Subscribe
Login
0 Comments
Oldest







































