फित्काैली डटकमअनुपम सिर्जना प्रतिष्ठान नेपालको १३५ औँ काव्यगाेष्ठी
कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा कवि प्रा.डा माेहन प्रसाद तिमिल्सिनाकाे समुपिस्थितिमा सम्पन्न भयाे । कार्यक्रममा विशिष्ट आमन्त्रित डा. बमबहादुर थापा जिताली हुनु हुन्थ्याे ।

काठमाडाैं, २०८१ वैशाख १५ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १३५ औँ मासिक कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा कवि प्रा.डा माेहन प्रसाद तिमिल्सिनाकाे समुपिस्थितिमा सम्पन्न भयाे ।
कार्यक्रममा विशिष्ट आमन्त्रित डा. बम बहादुर थापा हुनु हुन्थ्याे । संस्थाका महासचिव सुधा बाँस्कोटा ढकालले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।
उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्था अनुपमको कविगोष्ठीमा कविता, मुक्तक रोचक ढङ्गबाट कविहरूले वाचन गरे । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।
सो अवसरमा रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, प्रा.डा माेहनप्रसाद तिमिल्सिना, डा. बमबहादुर थापा जिताली, डा. जीवन अधिकारी, जगदीश्वर पोखरेल, वीरबहादुर लोहनी, सुधा बाँस्कोटा ढकाल, उत्तम भेटुवाल, सुशील रिजाल, पूर्णप्रसाद पन्त, बिनुबाबा घिमिरे, दुर्गा अधिकारी, गङ्गा आचार्य सापकोटा, टेकबहादुर लाैडारी, गायत्री ढकाल, अरूण खड्का, डा. मेघराज ढकाल, बालकृष्ण सुबेदी हुनु हुन्थ्यो ।
प्रमुख आमन्त्रित प्रा.डा. माेहनप्रसाद तिमिल्सिनाले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको बताउँदै सर्जकहरूलाई रचना वाचन गर्ने अवसर प्रदान गरेको छ भन्नु भयाे । अनुपमले छन्दको संरक्षण गरेको उल्लेख गर्दै कबवहरुले साहित्य अध्ययन गर्नुपर्ने कुरामा उहाँले जाेड दिनुभयाे ।
डा. जीवन अधिकारीले कविता गम्भीर भएर लेखिनुपर्छ भन्दै कवितामा हुनुपर्ने तत्वबारे चर्चा गर्नुभएकाे थियाे ।
सभाध्यक्ष भुवनहरि सिग्देलज्यूले आज वाचित कविता गुणस्तरका थिए, कविगोष्ठी गरिमामय भयो, सभ्य,भव्य र नव्य भयो, कवितामा बिम्ब प्रतीकका साथै ध्वनि हुनु पर्छ भन्नु भयो ।
कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो ।
०००
– सुधा बास्काेटा ढकालद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































