साइबर अपराध सम्बन्धी सचेतना सामग्री

औद्योगिक प्रदर्शनीमा प्रतियोगितात्मक कवि गोष्ठी

उदयपुरका वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी साहित्यकार समेत रहेका कौशल चेम्जोङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

उदयपुर, २०८१, वैशाख १६ । उदयपुरको गाईघाटमा बैसाख १२ गतेबाट प्रारम्भ भएको कोशी प्रदेश स्तरीय तेस्रो औद्योगिक बृहत् प्रदर्शनी तथा रैथाने खाना महोत्सवमा शनिबार विद्यालय स्तरीय प्रतिगोगितात्मक कवि गोष्ठी सम्पन्न भएको छ ।

उदयपुरका वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी साहित्यकार समेत रहेका कौशल चेम्जोङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बोल्दै चेम्जोङले यस्तो महोत्सवमा कविता प्रतियोगिताको आयोजना गरेर साहित्यिक प्रतिभा जन्माउने प्रयास र पहल गर्नु अत्यन्त महत्वपूर्ण काम भएको बताउनु भयो ।

प्रमुख अतिथि चेम्जोङले आजका कलिला भाइ बहिनीहरुको सिर्जनाले भोलिका लागि ठूलो हौसला र प्रेरणा पाउनुका साथै स्थापित साहित्यकाका रुपमा चिनिन पनि सहयोग पुग्ने बताउनु भयो ।

उक्त कविता प्रतियोगितामा जनता माध्यमिक विद्यालय देउरीकी मनिका विश्वकर्माको ‘विधुवा भए’ शीर्षकको कविता प्रथम, त्रियुगा नमुना मावि गाईघाटका सुरेश विश्वकर्माको ‘स्वर्गरुपी मेरो देश’ शीर्षकको कविता द्वितीय, सगरमाथा मोडल स्कुलकी गरिमा तिम्सिनाको ‘सपनाहरू बाटोमै सिमीत’ शीर्षकको कविता तृतीय भएको निर्णायक मण्डलका सदस्य कुमार कोइरालाले बताए । तीन जनाको निर्णायक समितिमा शारदाप्रसाद भट्टराई, कुमार कोइराला र तेजनारायण शेर्पा रहेका थिए ।

एक दर्जन बढी प्रतियोगी विद्यार्थीको सहभागिता रहेको सो कविता प्रतियोगितामा लौवागढी माविकी कुञ्जना थापा र विनिता कार्की, जनता मावि देउरीका सञ्जीव दासले र बालमन्दीर मावि बोक्सेका विवेक राईले भने सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार पाउनेहरूलाई यही १८ गते मंगलबारका दिन औद्योगिक प्रदर्शनी समापन हुने दिन एक कार्यक्रमका विच पुरस्कार तथा प्रमाण पत्र वितरण गरिने छ ।

सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका उदयपुर जिल्ला शाखा अध्यक्ष मधुकर थापा, तेजनारायण शेर्पा, टंकबहादुर आले मगर, हर्कनारायण श्रेष्ठ, शारदाप्रसाद भट्टराई, सरिता पौडेल गुरागाई, विश्व राई, माधव पोखरेल गोज्याङ्ग्रे, देवेन्द्र पोखरेल, चन्द्रनारायण चौधरी लगायतकाले अप्रतियोगी कविता वाचन गरेका थिए ।

उदयपुर साहित्य कला प्रतिष्ठानको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघको सहकार्यमा भएको सो प्रतियोगिताको अध्यक्षता माधव पोखरेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन सरिता पौडेल गुरागाईले गर्नु भएको थियो ।

०००
– माधव पोखरेल गोज्याङ्ग्रेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x