साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुभकामना नयाँ वर्षको

Nepal Telecom ad

 height=मञ्जरी पालुवा फूल भै आँकुरा
देखिई बैंसकी सुन्दरी झैं धरा । {{read_more}}
हर्ष, उल्लासको माधवी पर्वमा 
एकता फुल्न द्यौ है नयाँ वर्षमा ।।१।।

वेदना, कष्ट जञ्जाल जो झेलिए
त्यागिद्यूँ फोहरी खेल जो खेलिए ।
भो नहोस् राष्ट्र यो फेरि सङ्घर्षमा
क्यै नयाँ योजना होस् नयाँ वर्षमा ।।२।।

द्वन्द्वको बन्दको बन्द होस् भावना
नित्य सद्भावकै निम्ति होस् साधना ।
गाइयोस् नाचियोस् बाँचियोस् हर्षमा 
कर्ममा स्वच्छता होस् नयाँ वर्षमा ।।३।।ा

सभ्यता शिष्टता नै सिकून् बालक 
सौम्य नेतृत्व होस् नीतिको पालक ।
देशकल्याणकै ध्येय होस् मर्ममा 
पूर्ण यो कामना होस् नयाँ वर्षमा ।।४।।

सूर्यका रश्मिले चम्कियून् टाकुरा
राष्ट्रउत्थानमै वज्रियून् पाखुरा ।
न्यूनता क्यै नहोस् मानवी धर्ममा 
विश्वमै बन्धुता होस् नयाँ वर्षमा ।।५।।

दुष्टता नासियोस् भ्रष्टता भासियोस्
क्रूरता मासियोस् दासता त्यागियोस् ।
आत्मसम्मानको नाद होस् गर्भमा
अस्मिता उच्च होस् यो नयाँ वर्षमा ।।६।।

द्रव्यमा तौलिने भो नहोस् उत्सव
ज्ञानविज्ञानकै बर्सियोस् वैभव ।
वीरगाथा उही झल्कियोस् गर्वमा 
उच्च आस्था यही होस् नयाँ वर्षमा ।।७।।

आपसी स्नेहको फैलियोस् सौरभ
एकतामै रहोस् राष्ट्रको गौरव ।
साथसाथै रहौं दुःखमा हर्षमा
आँतमै स्निग्धता होस् नयाँ वर्षमा ।।८।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मन्त्री-संवाद

मन्त्री-संवाद

डा.जीवन अधिकारी
टुक्का महिमा

टुक्का महिमा

डा.जीवन अधिकारी
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x