साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्मथलोमै केवलपुरे किसानको जयन्ती

Nepal Telecom ad

 height=केवलपुर, धादिङ । ३० चैत्र २०७५, शनिबार । झर्रो भाषामा चेतनामूलक कविता लेखेर देश र दुनियाँलाई जागा बनाउन सफल जनकवि केवलपुरे किसानको ९४ औं जन्म जयन्ती {{read_more}} उहाँकै जन्मथलो धादिङको केवलपुर स्थित च्युरीपाटीमा मनाइएको छ ।

धादिङ सिर्जना प्रतिष्ठानले चैत ३० गते शनिवार केवलपुरे किसानको जन्मथलो थाँक्रे गाउँपालिकाको वडा नम्बर १० च्युरीपाटीमा ‘सम्झनामा जनकवि केवलपुरे किसान’ बिषयक छलफल तथा साहित्यिक जमघटको आयोजना गरि जनकवि किसानको जन्मजयन्ती मनाएको हो । धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बरिष्ठ साहित्यकार तथा प्राज्ञ नरनाथ लुइँटेल हुनुहुन्थ्यो । 

कार्यक्रममा केवलपुरे किसानका विद्यार्थी राष्ट्रिय सभा सदस्य माननीय बलराम बाँस्कोटा, प्रा.डा. रामचन्द्र लम्साल, डा.गाउँले बलदेव अधिकारी, रामहरि लम्साल, हरि सिलवाल, थाँक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्विका रुपाखेतीको विशेष आतिथ्य रहेको थियो । यसै गरी थाँक्रे गाउँपालिका वडा नम्बर १० का अध्यक्ष गोकुलप्रसाद लामिछाने, नेकपा ३ नम्बर प्रदेश कमिटी सदस्य नेत्रराज पौडेल, जगन्नाथ तिमल्नििा, साहित्यकार डिल्लीप्रसाद मुलतिहुन लगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रममा प्राध्यापक प्रा.डा. रामचन्द्र लम्साल, डाक्टर गाउँले वलदेव अधिकारी र रामहरि लम्सालले विविध कोणबाट किसानको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नु भएको थियो ।  प्रमुख अतिथि लुइँटेलले कवि किसानको परिचय, उहाँको जिवनमा आइपरेका उतार चढाव, केवलपुरे किसानको चिनारी, उहाँको साहित्यिक अभियानका वारेमा जानकारी दिनु भएको थियो  । कार्यक्रममा कवि किसानकै आवाज रहेको कविता र हङ्कङवासी छोरा कमल पौडेल र काठमाडौवासी विमल पौडेलको अडियो मन्तव्य प्रस्तुत गरिएको थियो ।

केवलपुरमा जन्मेर देश विदेशमा गाउँको नाम चिनाउन सफल राष्ट्रिय विभूति जनकवि केवलपुरे किसानको योगदानको कदर गर्दै उहाँ जन्मिएको गाउँमा शालिक निर्माण गर्नुका साथै साहित्यिक पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको तर्फबाट योजना बनाएर कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष आचार्यले कार्यक्रममा प्रतिवद्धता जनाउनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि, बिशेष अतिथि अतिथि तथा अन्य सहभागीहरूले केवलपुरे किसानको जीवनसँग सम्वन्धित तथा अन्य रचना बाचन गरेर केवलपुरलाई साहित्यिक माहौलमय वनाइदिएका थिए । स्थानीय सर्जकहरूका साथै राजधानी काठमाडौं, सदरमुकाम धादिङबेसीबाट पुगेका तीन दर्जन भन्दा बढि सर्जकहरूले रचना बाचन गरेका थिए । थाँक्रे गाउँपालिका र कवि किसानका परिवार तथा आफन्तहरूको सहयोगमा पहिलो पटक गाउँमै जन्मजयन्ती मनाइएको हो । कार्यक्रममा स्थानीयबासीमात्रै होइन स्थानीय मावि, उच्च माविका प्रधानाध्यापक, शिक्षकहरू, बुद्धिजीवी, पत्रकार र कवि किसानका दौतरीहरूको उल्लेख्य सहभागिता थियो ।

विक्रम संवत १९८३ साल चैत २९ धादिङको केवलपुरमा माता विद्यादेवी र पिता हरिप्रसाद पौडेलको सुपुत्रका रुपमा जन्मेका कवि किसानको वास्तविक नाम देवीप्रसाद पौडेल हो । सहित्य सिर्जनाबाट शोषित, पीडित, गरिब, निमुखा किसानका भाषा वोल्ने तिनै देवीप्रसाद पौडेल २०१६ सालपछि ‘केवलपुरे किसान’का रूपमा नेपाली लोक साहित्यमा छाएका हुन् ।

किसानको पहिलो रचना २००५ सालमा लक्ष्मीप्रसाद देवकोटाद्वारा सम्पादित युगवाणीमा छापिएको थियो । त्यसपछि बाघ आयो (२००९), नेपाल नछो (२०१०), समातेर पछार (२०१२), छिःछिः (२०१५), सङ्घर्षको ठीक गर (२०१६), शङ्कैशङ्का (२०५४), बोकी खस्यो (२०५४) लगायतका गीत र कविता सङ्ग्र्रह प्रकाशित भए । आफ्नो चिनारी आफ्नै शब्दमा (सवाई), २०१६ पछिका रचनाहरू र केवलपुरेको आन्द्राभुँडी (सुन्ने कविता सङ्ग्रह) का साथै जीवनसँगिनी सावित्रीलाई गुमाएपछि आँसुको पोखरी (२०५८) शोककाव्य पनि प्रकाशित छन् । जनजिव्रोको ठेट तथा झर्रो भाषामा कविता लेख्न रुचाउने कविका रुपमा किसान परिचित छन् । कवि किसानको लेखनी दुखी, गरीब नागरिकका समस्या, सरकारी बेथिति र रुढीवादको चित्रण गर्दै सामाजिक जागरणतर्फ केन्द्रित रहेको पाइन्छ । केवलपुरे किसानका अधिकांश रचना नेपालमा भोकभोकै रहेर अहोरात्र परिश्रम गरिरहने किसानमा समर्पित रहेको पाइन्छ । 

बाहुनले हलो जोत्न हुँदैन भन्ने सामाजिक कुसंस्कारका बिरुद्ध २००६ सालमा धादिङको केवलपुर लामिडाँडामा हलो जोतेर कृषिक्रान्तिको नायक बन्नु भएका कवि किसानलाई तत्काल स्थानीय शासकहरूले जात काड्नुका साथै गाउँमा बस्न नदिएर दुःख दिएका थिए । राष्ट्रियता, प्रजातन्त्र गरिव जनताको पक्षमा सशक्त कलम चलाउने कवि किसान  जीवनको अन्तिम क्षणसम्म पनि उत्तिकै जोशिलो देखिनुहुन्थ्यो । 
केवलपुरे किसानको मृत्यु २०६८ साल असोज २१ गते काठमाण्डौंमा भएको हो । किसानका दुई छोरा र एक छोरी हुनुहुन्छ । हलो जोतेर आफूले कुनै गल्ति नगरेको बरू समाजमा बाहुनले पनि हलो जोत्न हुन्छ’ भन्ने सन्देश दिन सफल भएको त्यस घटनाको सम्झनामा किसानले यसरी कविता समेत लेखेका थिएः
लामिडाँडा केवलपुरमा नयाँ पाईला सारेँ
‘हलो जोत्न हुन्छ’ भन्दै गोरु मैले नारेँ,
दुई हजार छ साल हो, फागुन हो मैन्हा
तेईस गते विहिबार तिथि थाहा छैन ।

–केशव अधिकारी, धादिङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x