सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जिब्रो जँचाऊ अब

Nepal Telecom ad

 height=सम्झिन्छन् अझ गाउँका तरुलता तिम्रो बिहेको दिन
ए काकी “पति“ हुन् परन्तु मुखले “बाबा“ भनेकी किन {{read_more}}
छाडा भै कति हिँड्दछ्यौ सहरमा थोरै लजाऊ अब
पाखे हूँ म त, हौ तिमी सहरीया, जिब्रो जँचाऊ अब
।१।

नाता देख्छु अचम्म लाग्छ घरमा “छोरा र छोरी“ किन
बाबाको जुन जन्मिए सुतसुता हुन् “भाइ बैनी“ भन
हावा पश्चिमको चल्यो उडिसक्यौ फर्केर आऊ अब
पाखे हूँ म त,हौ तिमी सहरिया जिब्रो जँचाऊ अब 
।२।

बाँबाँबाँ जब भन्दछ्यौ सहरमा हल्ला गरी बेसरी
झल्को आउँछ गोठ खर्क घरको बाछी कराएसरि
फाँसी माथि परम्परा चढिसके सक्छ्यौ बचाऊ अब
पाखे हूँ म त, हौ तिमी सहरिया जिब्रो जँचाऊ अब
।३।

बाबाकै यदि याद आउँछ भने खोजे भयो साइत
उल्टो चक्र लिएर फेसन भनी फर्के भयो माइत
भो पच्दैन विदेशको छ मसला आफ्नो पचाऊ अब
पाखे हूँ म त,हौ तिमी सहरिया जिब्रो जँचाऊ अब
।४।

हुन् श्रीमान् अथवा म बुझ्छु पति हुन् बाबा र ड्याडी किन ?
नाङ्गै नाच्दछ नृत्य आधुनिकता संस्कार आफ्नो चिन
प्यारी फूल बनी अबेर नगरी बारी सजाऊ अब
पाखे हूँ म त, हौ तिमी सहरिया जिब्रो जँचाऊ अब
।५।
स्पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अर्बहारा

अर्बहारा

हिरा भट्ट
प्रेमपत्र

प्रेमपत्र

हिरा भट्ट
गिलासमा देश

गिलासमा देश

हिरा भट्ट
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल