साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिब्रो जँचाऊ अब

Nepal Telecom ad

 height=सम्झिन्छन् अझ गाउँका तरुलता तिम्रो बिहेको दिन
ए काकी “पति“ हुन् परन्तु मुखले “बाबा“ भनेकी किन {{read_more}}
छाडा भै कति हिँड्दछ्यौ सहरमा थोरै लजाऊ अब
पाखे हूँ म त, हौ तिमी सहरीया, जिब्रो जँचाऊ अब
।१।

नाता देख्छु अचम्म लाग्छ घरमा “छोरा र छोरी“ किन
बाबाको जुन जन्मिए सुतसुता हुन् “भाइ बैनी“ भन
हावा पश्चिमको चल्यो उडिसक्यौ फर्केर आऊ अब
पाखे हूँ म त,हौ तिमी सहरिया जिब्रो जँचाऊ अब 
।२।

बाँबाँबाँ जब भन्दछ्यौ सहरमा हल्ला गरी बेसरी
झल्को आउँछ गोठ खर्क घरको बाछी कराएसरि
फाँसी माथि परम्परा चढिसके सक्छ्यौ बचाऊ अब
पाखे हूँ म त, हौ तिमी सहरिया जिब्रो जँचाऊ अब
।३।

बाबाकै यदि याद आउँछ भने खोजे भयो साइत
उल्टो चक्र लिएर फेसन भनी फर्के भयो माइत
भो पच्दैन विदेशको छ मसला आफ्नो पचाऊ अब
पाखे हूँ म त,हौ तिमी सहरिया जिब्रो जँचाऊ अब
।४।

हुन् श्रीमान् अथवा म बुझ्छु पति हुन् बाबा र ड्याडी किन ?
नाङ्गै नाच्दछ नृत्य आधुनिकता संस्कार आफ्नो चिन
प्यारी फूल बनी अबेर नगरी बारी सजाऊ अब
पाखे हूँ म त, हौ तिमी सहरिया जिब्रो जँचाऊ अब
।५।
स्पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x