साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ बर्ष 

Nepal Telecom ad

 height=परार घर घरमा ग्यास ल्याइदिन्छु भन्यौ 
पोहर जेष्ठ नागरिकलाई 
पाँच हजार मासिक क्यास ल्याइदिन्छु भन्यौ {{read_more}}
तर पछि दुई हजार दिनलाई पनि ठसठसी कन्यौ 
खाली हामीलाई ढाँट्याछ्यौ ढाँट्याछौ 
हैन हो नयाँ बर्ष 
यो बर्ष फेरि के गर्न आँट्याछौ ?

कहिले पानी जहाज ल्याइदिन्छु भन्यौ 
कहिले रेल ल्याइदिन्छु भन्यौ 
कहिले बिरोजगारीलाई सेल ल्याइदिन्छु भन्यौ 
कहिले बङ्गलादेशबाट तेल ल्याइदिन्छौ भन्यौ 
जनतालाई खाली सपना बाँट्याछौ बाट्याछौ
हैन हो नयाँ बर्ष 
यो पाली फेरी के भन्न आँट्याछौ ?

कहिले अपराधी बलात्कारीलाई ठीक पारीदिन्छु भन्यौ 
कहिले भ्रष्टाचारलाई शून्यमा झारिदिन्छु भन्यौ 
कहिले धनीको पैसो गरीबलाई बाँडिदिन्छौँ भन्यौ 
कहिले जमिनदारको जग्गा 
गरीब किसानको नाममा सारिदिन्छु भन्यौ 
खाली कुरा मात्र छाँट्याछौ छाँट्याछौ 
हैन हो नयाँ बर्ष 
यो साल फेरि के गर्न आँट्याछौ ?
दाङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x