साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरको पुच्छर

Nepal Telecom ad

 height=मान्छेको जात 
सुधार्नलाई कति कोशिस गरिन्छ {{read_more}}
सानो छउन्जेल
आमा बाबुले
पढ्न थालेपछि
गुरुबा गुरूआमाले
दिइन्छ कति कति शिक्षा
सिकाइन्छ अनुसाशन
ज्ञान गुनका कुराहरू
भाषा र व्याकरण
केमेष्ट्री र फिजिक्सका प्रयोगहरू
कानुनका दफाहरू
काल समयका इतिहास
देश महादेशका भूगोल
ऋषि महाऋषिका महावाणीहरू
अर्ति र उपदेश
बोध गराइन्छ धर्म, रीतिरिवाज, संस्कार
आदि इत्यादि धेरै कोर्स

आफै पनि घुम्छ
देश विदेशका सडक
हवाइजहाजको यात्रा
स्कूल, कलेज, विश्वविद्यालय
ट्रेनिङ, सेमिनार, डिस्कसन
देख्छ, सुन्छ र जान्दछ
अनभिज्ञ कति कुराहरू

अनि जब ऊ खारिन्छ
तिखारिन्छ, पोख्त हुन्छ
सम्पूर्ण काँचुली फेर्छ
टन्न हावा भरिएको बेलुन झैँ
माथि माथि उड्छ
बिर्सेर आर्जन गरेका सारा गुदी
पोखेर सबै अमृत
केवल बोकेर दिमागमा घमण्ड र रिस
अरुको ईर्षा, निन्दा र बेइज्जति
अल्झिन्छ आफ्नैमात्र स्वार्थमा
आफ्नै मात्र विचारमा
आफ्ना मात्र तौरतरिकामा
झैँ झगडा लडाईमा
बुझेर पनि नबुझेझैँ गर्दै
टोकुला झैँ गर्ने भुकाइहरूमा
अनि यस्तो लाग्छ
“कुकुरको पुच्छर बाह्रवर्ष ढुंग्रोमा राखे पनि जस्ताको तस्तै” ।

इन्जिनियर, लस एन्जेलस
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x