राकेश कार्कीपे चेक टु पे चेक
जे पर्ला सोही टर्ला भविष्यको लागि केही जोडेन पीर छ कि छैन कुनि त्यै पनि खुसी झैँ हाँसिरहेछ हातमा गिलास बोकेर डिजेमा नाचिरहेछ तर हजूर ऊ त पे चेक टु पे चेक बाँचिरहेछ ।

राकेश कार्की :
घरिघरि यताउता हेर्छ
ऊ त सेलफोनमा रहेछ
ह्वास्स पर्फ्यूम खान्दानी जस्तो
तर ऊ त लोनमा रहेछ
पीर छ कि छैन कुनि
त्यै पनि खुसी झैँ हाँसिरहेछ
हातमा गीलास बोकेर
डिजेमा नाचिरहेछ
तर हजूर ऊ त
पे चेक टु पे चेक बाँचिरहेछ
पढाइ सक्किए पनि
सकिँदैन पढाइको लोन
तेल हाल मर्मत गर
सकिँदैन कारको लोन
महिना शुरु नहुँदै तिर्नुपर्ने
पसिनै आउने फ्लैटको लोन
रिङ्गटा लाग्छ मुटु दुख्छ
डाक्टरले जाँचिरहेछ
मेडिकल इन्सुरेन्स भन्नुमात्रै
गोजीबाट नै तिरिरहेछ
तर हजूर ऊ त
पे चेक टु पे चेक बाँचिरहेछ
कसले झन्झट गर्छ
रेष्टुरेन्टमै खाइरहेछ
जन्मदिनमा चाडबाडमा
इज्जत थाम्न गिफ्ट दिइरहेछ
कहिले एउटा कहिले अर्को
क्रेडिटकार्ड घोटिरहेछ
किन्दा घुम्दा मस्ती ठान्दा
ब्याजमाथि स्याज थपिइरहेछ
सोफा बिस्तरा टिभी सबै
लोनले नै साँचिरहेछ
तर हजूर ऊ त
पे चेक टु पे चेक बाँचिरहेछ
किन होला उसलाई कहिले
लोनले छोडदै छोडेन
जे पर्ला सोही टर्ला
भविष्यको लागि केही जोडेन
पीर छ कि छैन कुनि
त्यै पनि खुसी झैँ हाँसिरहेछ
हातमा गिलास बोकेर
डिजेमा नाचिरहेछ
तर हजूर ऊ त
पे चेक टु पे चेक बाँचिरहेछ ।
०००
नोभेम्बर ५, २०२३
लस एन्जेलस
Subscribe
Login
0 Comments
Oldest






































