साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्यारी र कुकुर

‘पछाडि के लुकाएको ?’ थाहा पाएर पनि विकासले सोध्यो । ‘के गर्ने हेरन, शान हुन्छ भनेर कुकुर पालियो । अब बिहानै बेलुकै यस्को गु सोहर्दा सोहर्दै जिन्दगी जाने भो’ ह्यारीले आफ्नो देश छोडेर आएर पछुतो लागेको झैँ गरि उत्तर दियो ।

Nepal Telecom ad

राकेश कार्की :

खास नाउँ उसको हरिप्रसाद थियो । गाउँमा छउञ्जेल उसलाई हरे भन्थे। पढ्न शहर छिरेर जागीर खान थालेपछि उसलाई हरि भन्न थाले । अनि ग्रीनकार्ड लटरी परेर अमेरिका छिरेपछि त उसलाई ह्यारी भन्न थाले । गाउँमा छउञ्जेल प्रशस्तै खेतबारी थिए । शहरमा लोकसेवा पास गरेर अफिसर भएपछि प्रशस्तै धन कमाए । निकै कुलघरानकै देखिन्थे ।

कामदार, सेवादार थुप्रै थिए । एक पाइला हिँडन पर्दैनथ्यो । गाडी र ड्राइभर सधैँ तयार रहन्थे । राजनीतिकर्ता र व्यापारीहरूसँग उठबस थियो । ठाँटबाट ठूलै थियो । चाकरी गर्नेहरू मौरी झैँ झुम्मिन्थे। नमस्कार पस्कनेको ताँती लाग्थ्यो ।

यत्रो शानसौकतमा बसिरहेका हरिलाई लटरी परेपछि अमेरिका जाने लोभ लाग्यो । अमेरिका छिरेर ह्यारी भएपछि उनले अमेरिकन ड्रिमको ढाँचामा आफूलाई ढाल्न थाले। त्यहाँको देखासिकी गर्नथाले । अमेरिकनले बोलेजस्तो जिब्रो बटारेर ट्याक्क टुक्क अङ्ग्रेजी पनि बोल्न थाले । ठूलै घर, ठूलै गाडी र ठूल्ठूलै मानिसको सम्पर्कमा रहनथाले । एनाटोलियन शेफर्ड जातको ठूलै कुकुर पनि पाले । अमेरिकामा पनि ‘म के कम’ भन्ने भावना बोकेर आफू पनि उच्च वर्गको अमेरिकन नै भएँ भनेर सोच्नथाले ।

त्यस्तै त्यस्तै पहिरन र त्यस्तै त्यस्तै व्यवहार गर्नथाले । बिहान बेलुकै कुकुरलाई डोर्‍याएर उनी पार्कमा हिँड्न जान्थे । तर यहाँ आफ्नो देशमा जस्तो चाकरी चाप्लुसी गरि पछि लाग्नेहरू थिएनन् । न त गाडी हाँकिदिने ड्राइभर नै थिए । नमस्कार टक्र्याउनेहरू पनि थिएनन् ।

तर ऊ जस्तै कुकुर डोर्‍याएर हिँडाउनेहरू चाहिँ छिनछिनमै भेटिन्थे । नमस्कारको बदला ‘हेलो, हाई, र ह्वाटस् अप’ को आदानप्रदान मात्र हुन्थ्यो । यहाँ पार्कमा कुकुर डोर्‍याउनेहरुमा कल्ले कसलाई मान गर्ने र ? यहाँ त तैँ ठूलो मैँ ठूलो । ‘हेलो, ह्यारी, के छ हालखबर । धेरै भो !’ विकासले पार्कमा कुकुर डोर्‍याइरहेको हरिलाई अपर्झट भेट्नासाथ सोध्यो । विकास पनि पार्कमा वाकमा आएको थियो ।

ह्यारी चाहिँ भर्खर टिपेको कुकुरको आची पोको पारेको पलाष्टिक लुकाउन खोज्दै विकासलाई ‘हेलो, विकास’ भनेर लाजले भुतुक्क भएर मुसुक्क मुस्कायो ।

‘पछाडि के लुकाएको ?’ थाहा पाएर पनि विकासले सोध्यो । ‘के गर्ने हेर न, शान हुन्छ भनेर कुकुर पालियो । अब बिहानै बेलुकै यस्को आची सोहर्दा सोहर्दै जिन्दगी जाने भो’ ह्यारीले आफ्नो देश छोडेर आएर पछुतो लागेको झैँ गरि उत्तर दियो ।

विकाससँग कुरा गर्दागर्दै ह्यारीले पार्कमा सबैतिर हेर्‍यो । कोही कुकुरलाई हगाइरहेका, कोही  आची सोहरिरहेका । कोइ आची प्लाष्टिकमा पोको पारिरहेका । उसलाई अब फेरि ह्यारीबाट हरि र हरिबाट हरेमै फर्किन पाए हुन्थ्यो जस्तो लाग्यो।

०००
लस एन्जेलस
अक्टुबर २०, २०२३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
वरीयता

वरीयता

राकेश कार्की
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x