साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विनाविभागीय मन्त्री

भो भो बाबा अब हुँदो रहेनछ विनाविभागीय मन्त्री खान जनताको निम्ति काम गर्न पर्दोरहेछ मन्त्रालय तोकेरै जान ।

Nepal Telecom ad

के न कसो गर्नु अब
क-कल्लाई मात्र भन्नु
साह्रै अप्ठेरो रहेछ
विनाविभागीय मन्त्री बन्नु

मन्त्री पाउने भन्नासाथ सोझै
सपथ लिन दौडियो
यो सिट ऊ सिट मतलब भएन
झुण्डिएरै भएनि छिरियो

समस्या ल्याएका जनता
टुलुटुलु हेर्छन् मात्र
पत्रकार मसला भेटिएझैँ
वरिपरि घेर्छन् मात्र

के गर्नुहुन्छ कहिले टुङ्गो हुन्छ
सोध्छन् कामकाज के हो
दृढ निणर्य निश्चित भिजन नहुँदा
छर्लङ छ यो हाल जे हो

यो चाहिँ क्षेत्रमा काम गर्छु भनि
सक्नुपर्ने रहेछ योजना भन्न
अहिले लागिरहेछ सांसद बनेको
जुनै भए पनि मन्त्री बन्न

भो भो बाबा अब हुँदो रहेनछ
विनाविभागीय मन्त्री खान
जनताको निम्ति काम गर्न
पर्दोरहेछ मन्त्रालय तोकेरै जान ।

०००
जनवरी १, २०२३
लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
वरीयता

वरीयता

राकेश कार्की
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x