सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विनाविभागीय मन्त्री

भो भो बाबा अब हुँदो रहेनछ विनाविभागीय मन्त्री खान जनताको निम्ति काम गर्न पर्दोरहेछ मन्त्रालय तोकेरै जान ।

Nepal Telecom ad

के न कसो गर्नु अब
क-कल्लाई मात्र भन्नु
साह्रै अप्ठेरो रहेछ
विनाविभागीय मन्त्री बन्नु

मन्त्री पाउने भन्नासाथ सोझै
सपथ लिन दौडियो
यो सिट ऊ सिट मतलब भएन
झुण्डिएरै भएनि छिरियो

समस्या ल्याएका जनता
टुलुटुलु हेर्छन् मात्र
पत्रकार मसला भेटिएझैँ
वरिपरि घेर्छन् मात्र

के गर्नुहुन्छ कहिले टुङ्गो हुन्छ
सोध्छन् कामकाज के हो
दृढ निणर्य निश्चित भिजन नहुँदा
छर्लङ छ यो हाल जे हो

यो चाहिँ क्षेत्रमा काम गर्छु भनि
सक्नुपर्ने रहेछ योजना भन्न
अहिले लागिरहेछ सांसद बनेको
जुनै भए पनि मन्त्री बन्न

भो भो बाबा अब हुँदो रहेनछ
विनाविभागीय मन्त्री खान
जनताको निम्ति काम गर्न
पर्दोरहेछ मन्त्रालय तोकेरै जान ।

०००
जनवरी १, २०२३
लस एन्जेलस

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
वरीयता

वरीयता

राकेश कार्की
आफ्नैको कालो कोट

आफ्नैको कालो कोट

राकेश कार्की
खाने बानी परिसक्यो

खाने बानी परिसक्यो

राकेश कार्की
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’