साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राप्तीको ६६औँ छन्द संगम कार्यक्रम सम्पन्न

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आईरहेको छन्द संगम कार्यक्रम सम्पन्न गरेको छ ।

Nepal Telecom ad

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आईरहेको छन्द संगम कार्यक्रम सम्पन्न गरेको छ । परिषद् दाङ शाखाको आयोजनामा ६६औँ शृङ्खला अन्तर्गत छन्द संगम कार्यक्रम सम्पन्न भएको हो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार गणेश विशमको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद्का निर्वतमान केन्द्रीय अध्यक्ष एवम् वर्तमान केन्द्रीय सल्लाहकार पुरूषोत्तम खनालको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

साहित्यकारहरू डा हिमलाल पन्थी, खगराज न्यौपाने, अर्जुन शर, हरिप्रसाद पौडेल ‘स्वणर् शिखा’, गिरीप्रसाद पन्थी, विना रोका, श्रवण नेपाली लगायतले रचनाहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रममा कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रीय अध्यक्ष टिकाराम उदासी, केन्द्रीय कोषाध्यक्ष खेमराज मल्ल, दाङ शाखाका सल्लाहकार डा लोकराज पराजुली, साहित्यकारहरू नरेशजङ राणा, डा राजु अधिकारी, देबेन्द्र रिजाल, दामोदर पौडल, गोपाल भुषाल अभिलाषी, देवा पौडेल, सुभाष न्यौपाने, कमला रावत, विणा दहाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वाचित रचनाहरूको समीक्षा साहित्यकार डा हिमलाल पन्थीले गर्नु भएको थियो । परिषद् दाङ शाखाका सदस्य हरि प्रसाद पौडेल ‘स्वणर् शिखा’ को स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजिकरण परिषद् दाङ शाखाका सचिव प्रकाश केसीले गर्नु भएको थियो ।

०००
– दीपक समीप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x