साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्व्यसन र विपद् व्यवस्थापन विषयक कविता प्रतियोगिता

कार्यक्रम प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा र जिल्ला समन्वय समिति उदयपुरका संयोजक गौरबहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा भएको थियाे  । 

Nepal Telecom ad

गाईघाट, उदयपुर, पुष २९, २०७९ । नयाँ समाज निर्माणकालागि अब नयाँ पुस्ताले अघि बढेर समाजमा व्याप्त विकृति विसंगति अन्त्य गर्दै विपद् व्यवस्थापनमा समेत सबैले ध्यान दिनु पर्ने कुरामा वक्ताहरूले जोड दिएका छन् । उदयपुरको गाईघाटमा १ नं प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा आयोजित लागु पदार्थ दूव्र्यसन तथा विपद् व्यवस्थापनमा हामी स्वयम् सेवीको भूमिका विषयक जिल्ला स्तरीय कविता प्रतियोगितामा वक्ताहरूले सो कुरा बताएका हुन् ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा र जिल्ला समन्वय समिति उदयपुरका संयोजक गौरबहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा जिल्लाका माध्यमिक विद्यालयका प्रधानाध्यापक नायक शिक्षकहरूलाई लागु औषध र विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि विश्वकर्माले समाजमा लागु औषधको प्रयोगले नराम्रो असर गरेको समयमा हामीले संयम भएर लागु औषध प्रयोग कर्तालाई निरुत्साहित गरेर समाजमा पुनःस्थापना गराउन आ आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्न सकेमा सफलता प्राप्त गर्न सकिने र विद्यालय स्तरबाट चेतना फैलाउन विविध कार्यक्रमको आयोजना गरेर अघि बढ्न सकिने बताए । कार्यक्रमको अध्यक्षता गरेका प्रजिअ गौतमले लागु औषध र विपद् व्यवस्थापन प्रशासनको प्रयासले मात्र नियन्त्रण गर्न कठिन भएकोले सबै पक्षको सहयोग आवश्यक भएको बताए ।

शिक्षा विकास तथा समन्वय इकाई उदयपुरकी उर्मिला आचार्यको स्वागत मन्तव्यबाट प्रारम्भ भएको सो कार्यक्रममा प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयाल, त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, चौदण्डी नपाका मेयर कालुमान लामा, रौतामाई गाउँपालिकाका अधयक्ष बीरेन्द्र मगर, अभिमुखीकरण कार्यक्रमका निर्देशक आर.सी. कोइराला लगायतका वक्ताहरूले लागु औषध दूव्र्यसन तथा विपद् व्यवस्थापनका बारेमा विद्यार्थीहरूले स्वयम्सेवीको भूमिका निर्वाह गर्दा प्रभावकारी हुन सक्ने बताए ।

सो कविता प्रतियोगितामा उदयपुर जिल्लाका २८ वटा माध्यमिक विद्यालयका छात्रछात्राको सहभागिता रहेको थियो । प्रतियोगितमा जनता मा.वि देउरीकी शोभा कार्की प्रथम, जनज्योती मा.वि.चुहाडेकी सुविक्षा राना मगर दोश्रो, पिसजोन एकेडेमीका आयुष पौडेल तेश्रो र मा वि चिसापानी ताप्लीकी कल्पना राईले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

कविता प्रतियोगिताको मूल्याङ्कनकर्ताको प्रमुख भूमिकामा माधव पोखरेल गोज्याङ्ग्रे र सहयोगीको रुपमा हर्कनारायण श्रेष्ठ र सम्झना राई असफल रहेका थिए । प्रथम हुनेलाई रु. ५०००।, दोश्रोलाई रु.३०००। तेश्रोलाई रु. २०००। र सान्त्वनालाई रु. १०००। र प्रमाण पत्र प्रमुख अतिथि विश्वकर्माले वितरण गरेका थिए । कार्यक्रमको पहिलो सत्रको संचालन आन्तरिक मामिला तथा कानून मन्त्रालयका लेखा अधिकृत ढकराज कटुवालले र दोश्रो सत्रको संचालन उर्मिला आचार्यले गरेका थिए ।

०००
– गोज्याङ्ग्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x