राकेश कार्कीवरीयता
यो वरीयताले गर्नु गर्यो अब नयाँ अनुहारलाई अवसर जुर्नेभयो ‘नो नट अगेन’ सम्झदै यो मनले वरीयता नमिलुन्जेल कुर्नेभयो ।

देश र जनताको सेवा गरूँ भने
अब मन्त्री बन्न नै गाह्रो छ
किन कि मलाई मेरो वरीयता
प्राण भन्दा नि प्यारो छ
अब उपप्रधानमन्त्रीले पुगेन
मुख्य उपप्रधानमंत्री थप्नुपर्यो
जनताको मन जितेका युवाहरूले
यो के के गर्यो के के गर्यो
मन्त्री र उपप्रधानमन्त्री मज्जाले
पटक पटक भइसकेको थिएँ
पार्टीको माथिल्लो तहको नेतालाई
यो कस्तो असहज परिस्थिति दिए
जनतालाई दिएका आश्वासन छन्
के अब सांसदै मात्र खानु
वरिष्ठ ठूलै नेता भइसकेकोले
कनिष्ठको तल कसरी जानु
यो वरीयताले गर्नु गर्यो अब
नयाँ अनुहारलाई अवसर जुर्नेभयो
‘नो नट अगेन’ सम्झदै यो मनले
वरीयता नमिलुन्जेल कुर्नेभयो ।
०००
जनवरी १, २०२३
लस एन्जेलस
Subscribe
Login
0 Comments
Oldest







































