ठाकुरप्रसाद अधिकारीझुट र झुटको खेती
बकपत्र छोडपत्र चिठी सन्धि हाक पत्र पर्चा चर्चा गाली ताली विज्ञापन चाकरीपत्र चाप्लुसी गर्न जुनसुकै कुरा पनि झुटको खेतीमा कलम दगुराउन सकिन्छ । झुटको तिब्र इच्छा देखेर मेरो मन पनि मज्जाले उडिरहेछ बतासमा ।

लेखन्ते राम्रो भए पनि आजको दुनियाँमा झुटको खेती फस्टाउँदो छ । एक झुटो बोल्न सयाैं झुटो बोल्नु पर्छ भन्छन् । त्यो होला नहोला । तर हामी कृषिमा आश्रित देश हौं तैपनि यहाँ झुटको खेती नयाँ खेती झै फस्टाएर फल्न थालेको छ । यो खेती गर्दा कुनै महापुरुषको संगत गर्दै कुनै ज्ञानज्ञुनको जर्गेना गर्नु पनि पर्दैन । पुस्तक नपढेर बढे पनि यो खेतीमा भाषणको तयारी गर्नु पर्दैन । न त जमिन चाहिन्छ । न त आइतावार जुराउन पर्छ । न त यो प्रविधिको के गमला के अमलाको पात सबै ठाउँमा पेशा नभए पनि यसको व्यवसायको महत्व घटेको छैन । मुटु भित्र च्यास्स घोचे पनि यसको ओजन तोला र मासा नभएर मुटु कलेजो झै बढेको छ ।
किन हो झुटको खेतीको आयतन महँगो हुन थालेको छ । त्यसैमा नराइलो भएको छ । जति जति मान्छे सभ्य र भव्य हुँदै जान्छन् उति झुटको खेती अभियानमा चुलिदै खुट्टाको औलासम्म ठम्म अनियन्त्रित झुटको खेतीको माग बढ्दै छ । यसको बिउ विजन भनेको छलकपट र जालझेल हो । यसको अगाडि पछाडि कसैले देख्दैन । न त हातमा बोझ हुन्छ न त टाउकोमा टिकाउन कठिन हुन्छ । झुटको इतिहासको ज्ञान छैन । टिकटकले झारफुक गरेर चाकरी चाप्लुसी गरेर झुटको निसान लाउँदै प्रशंसा थपेर हुँदैन । हो, यो झुटकै जालझेलको कलियुगी जमाना हो । साटसुट सिध्याउने खेल पनि यहि हो ।
प्रत्येक झुटले भन्छ । झुटको खेती गर्न कुनै बाह्रमासे प्रतियोगितमा भाग लिनुपर्दैन । यसैले प्रथम स्थान हासिल गरेको छ । यो तरल नभए पनि सरल छ । त्यसैले कुनै हतासमा दामासाहि भागमा हात थाप्नुको पत्रुको पात्र बन्नु पदैन । झुटको खेती गर्न कुनै तीर्थ व्रत जानु पर्दैन । दान धर्मको अक्षर भाक्नु वा बाहुन गहार्नु पर्दैन । हार गुहारमा जुँगाको जरो उखेल्नु पर्दैन । झुटको तितो चिनी चाट्नुभन्दा मौरीको सीप बझ्नु भन्छन् । यहाँ झुटको खेतीको वारेमा लेखेर बेफुर्सदको परिकारको आनन्द लिन खोज्दैछु ।
झुटको खेतीमा आँखाले कानलाई, कानले आँखालाई । नाकले मुखलाई, मुखले नाक कान सिगै टाउको समेतलाई झुक्याएर पछार्छ । आफ्नी श्रीमतीलाई छोराकी आमा भनेर सम्बोधन गर्छौ । नजिकको नातालाई टाडा पुर्याउने किन गर्छौं ? आज हुने कामलाई पर्सि र भोलि हुने कामलाई ढाँटेर डाँडापारि पन्छाउने विधि नै यो खेती फस्टाउने उन्नत तरिका हो । फसल कसले बढि फलाउने भन्ने प्रतिस्पर्धात्मक छ भ्रममा नपर्नु होला ।
झुटो बोलेर बुटसुट लाएर पनि सकिन्छ । एकसरो लाउन र एक ढाडिएको पेट पाल्न मात्र होइन एक थाल भात चाख्न पनि झुटको ओइरो लागिरहेको छ । पाँच इन्चको टाउको छोप्न यो राजनीति धरातलमा बढि प्रतिस्पर्धात्मक हुने गरेको पाइन्छ । तपाईहरू नझुक्किनु होला चोरलाई चौतारो भने झै झुटलाई माला लाउन यहाँ गठबन्धनको चहलपहल हुन्छ । गठको अभावमै पनि यहा बन्धन भएका छ । झुटको खेतीको बोलवाला हुने भएकोले आजकल अरु कृषि बाली ओझेलमा पर्नु स्वाभाविक हो । जमिन बाँझो राख्ने प्रवृति बढेको छ । झुटको दृश्य हेरेर हामी रमितेका दर्शक पनि हुन पुगेका छौँ ।
तपाईं दोधारमा खस्रा कुरा नगर्नु होला झुटको खेत गर्ने मानविय प्रवृति मात्र होइन, यो त गुणस्तरिय गहना पनि हो । झुटो खेतीमा नै बढि हौसिने प्रचलन पनि छ । एउटा कुनामा बसेर झुटो बोल्ने ठगाहा नासिएको छैन । यो छड्को मड्को पड्के कड्के जस्तो हेराईमा पनि हुन सक्छ । गठबन्धन गरेर पनि झुटको खेती बढि चर्चित भएको छ । यसरी उत्पत्ति भएको झुटको खेतीलाई झुटकै एउटा पात्र नै हो भन्न सकिन्छ ।
हिजोको फुल आजको चल्ला, आजको चल्ला हिजोको फुल भने झै । सबैको ओषधि हुन्छ झुटो खेती गर्नेलाई रोक्ने औषधि हुँदैन रहेछ । यो खेतीको लािग घर टहरा छहरा भमाराको कुनै पहरा नचाहिने । जुनसुकै गमलाको माटो पनि नचाहिने मुखको बोलीमा चल्ने हुँदा यसरी नै प्रशस्त मौलाउने गरेको छ । किनेको मान्छे र चिनेको मान्छेबाट यसको भाउ पनि बढिरहेछ । झुट रच्छान र चट्टानमा चट्ट उमार्न सकिन्छ । सुटबुट मात्र होइन, झुटबाट प्रमोशन र प्रशंसा पाइन्छ । झुटले नै चुनौतीको सामना स्वीकार गर्छ । रोमान्चको रोचक उनीबाट नै हुन्छ । झुट भनेको नभएको कुरा बताउने मात्र होइन, भएको कुरालाई नभएको प्रस्तुति गर्नु नै झुटको खेती हो ।
हिजो आजको कुरा हो- झुटको लागि भुँडीको भोकै बस्नु पर्दैन । झुटलाई आहारा दिन झुटको खेतीकै सहारा चाहिन्छ । यो चिटिक्क परेके झुटलाई साच्चकै मापाको भनिदैन । आजकल हिम्मतले भ्याएसम्म झुटको खेतीलाई ठेगाना लाउन झिल्के रुखको ठुटो समेत पलाउन थालेको छ । झुटको खेतीले घाम पनि ओइलाउन थालेको छ । यो टुसाउन झुटको खेती गर्ने कुनै कसरको कसरत जुटाउनु पर्दैन । झुट त चुरोटको अम्मल जस्तो हुन पनि थालि पो रहेछ । यो नभए आची पनि नआउने भा छ ।
झुटको पुजाको कर्म प्रिय हात अगाडि जसरी उठे पनि हुन्छ । जिब्रो तानेर रक्षा कवच गाउनु पर्दैन । हललल्ल हाँसो झिक्नु पर्दैन । आरुको वियाँजस्तो ओठ बङ्ग्याएर लेब्राउन पनि पर्दैन । कुखुराको खुट्टा जस्तो नसे रोस्ट बनाउन झुटको नाडी डाम्नु पर्दैन । भकुण्डोजस्तो पाँच धार्नीको टाउको कन्याउनु पर्दैन । झुटको खेतीले यो विश्वव्यापी रुपमा लुकामारी खेलिरहेछ । कोही काम चोरको झुटको उकेरा लाउछन् । कोही घुसखोरीको झुट हुन्छन् । कोही उपहारको झुट खेल्छन् । कोही निशुल्कको झुट खेलेर बगली भर्छन् । प्रत्येक मान्छेले सर्लक झुट छक्का पन्जा खेलेर भुईमा पछार्छन् । यहाँ आफ्नै घरमा आलुको पक्कु खानु पनि झुटको सिप नै बिगारेर सिँगाने झुटको सिद्धान्त फलाक्न थाल्छन् । हो मानिसको पद र प्रतिष्ठा अनुरुपको अनुष्ठानको झुटको खेती प्रकट हुने गर्छ । म पनि सेवामा हाजिर छु । मैले पनि झुटको लागि केहि अर्थ बुझेको छु ।
झुटको खेती कस्तो हो ? महान विवेक र विचार गरेर हेर्दा झुट खेतीको रस कस्तो छ ? कुखुराको खुट्टाको रस जस्तै स्वाद छ कि । च्यापुको गोलो गालको छ्याके जस्तो छ ? झुटको आँखा कान मुख टाउको हात कस्तो हुन्छ ? झुटको खेती बगरले खसीको टाउको राखेर बाख्राको मासु बचे जस्तो पो छ कि ? झुटको हिँडाई आरिसे गोरु जस्तो हुन्छ कि ? झुटको बोलाई गराई कस्तो छ ? बैशालु राँगो जस्तो हुन्छ ? बोका जस्तो ? क्षितिजतिर फर्केर हेर्दा उसको गहिराई भन्दा टुकुचाको कुहिगन्धे झोल जस्तो छ कि ? झुटको खेती बाग्मतीको सुकुम्मबासीको गन्धे बासको छाल जस्तो हुन्छ कि ? बिष्णुमतिको किनारमा राँगाको आडम्बर र टाउकाको ढाड पोलेको रस जस्तो हुन्छ कि ?
त्यसै भएर झुटको खेती गरेको हुनाले यो गरे वापत कुनै गोजी कोट्याउन नपर्ने । कान तान्नु नपर्ने । नून तेल किन्न नसकेको पनि तपाईको झुटको खेतीमा कस्तो रसद पानी बग्छ मलाई थाहा छैन । झुट र झुटको खेती उस्तै उस्तै हो । विभिन्न जालझेल नगरे, झुटो नबोेले नोबेल पुरस्कार त पाइँदैन रहेछ । अरु त अरु नत्र मानिस अपमानित हुन्छ । चुनावमा पार्टीको भाषण र घोषणा पत्र जति नै प्रतिबद्धता ब्यक्त गरे पनि झुटको विशेषता बोकेको हुँदो रहेछ ।
झुटको खेतीमा लेखनमा तपाईलाई कति झन्झट परेको छ ? लेखन कस्तो बोकाको दारी जस्तो भएको छ न त बाख्रीको फिला जस्तो । झुटको व्यपार अपार छ । झुटमा सुट पनि पाइने बुट पनि पाइने क्या गजब्ब छ । भुन्टीको गाला जस्तो पो छ कि ध्याम्पेको भुँडीमा जस्तो छ ? कुनै बिउ बदलेर झुटका खेती लेख्नु पर्दैन । झुटको खेतीको अर्को विशेषता हो । न त झुटको खेती खसीको राजखानी जस्तो पो छ कि ? न त यो युगको गरिव मन्तरी जस्तो छ ।
यो अलकापुरीमा त झन् आफ्नो हात जगन्नाथ भनेझै झुटको खेतीको विश्लेषण गर्न कुनैआइतबार जुराउनु पर्दैन । बाह्रै महिना बाह्रै काल बिना मलजलविना माटो हुर्कने गर्छ । यो नकचरो खेती हो यो ।
उहिले उहिले बाजेको पालादेखि चलेको झुटको खेतीलाई अहिले कसरी विस्थापित गर्ने । अहिलेसम्म यसको महत्व बढेकै छ । यो झन् विस्तृत हुन थालेको छ । भुँडीको भोकमा पनि झुटको खेती हुन्छ । भुँडीको टन्टा टाल्न झुटको खेतीमा गाँँठीको गाँठ मार्छन् । सेतो खुसीलाई कालो सिँगाने खुसी भनेर सम्बोधन फुर्सदमा फुर्दा पनि झुट हुन्छ ? कुनै दौडधुपमा गोरे सार्कीलाई खैरे कुकुर भने पनि अभिनय हुन्छ ।
झुट नगरे आकाशमा चराले कावा पनि खादैछन् हावाहरूले । सडेगलेका टिकाउ नहुने कुरा नै विकाउ हुने जमाना हो । झुट नगरे बाँच्न पनि सम्भव छैन आजकल । झुटको खेती यो अखाध्यान्न जस्तो हुँदा पनि होइन । झुटको खेती नगरे कानको लोतीमा बतास पनि चल्दैन । झुटको खेती गर्दा रमाइलो हुन्छ । झुटमा छेकछन्दको महानता देखाउने पनि छन् । आधुनिक विज्ञानको नवीनतम् जमाना पनि कामको सिन्कोेनै नास्सिए पनि । नाकको डिलनै डामिए पनि । तिलको पहाडै भास्सिए पनि झुटको खेती नास्सिएको थाहा छैन । पद पाउनको लागि चैतको गर्मीमा मण्डी ओडेर चण्डी भट्भट्याउछन् । कुर्सी भेट्नको लागि झुटको बन्धन त्यागेर पोखरीमा नाङ्गै फाल हाल्छन् ।
त्यसैले झुट- नभई नहुने तत्व रहेछ । आखिर खेती न हो, झुटको खेतीमा कथा कविता निवन्ध प्रवन्ध जीवनी बयान बकपत्र छोडपत्र चिठी सन्धि हाक पत्र पर्चा चर्चा गाली ताली विज्ञापन चाकरीपत्र चाप्लुसी गर्न जुनसुकै कुरा पनि झुटको खेतीमा कलम दगुराउन सकिन्छ । झुटको तिब्र इच्छा देखेर मेरो मन पनि मज्जाले उडिरहेछ बतासमा । किन कि झुटको पुलिन्दा हामी आफै हौं । जताततै झुटको कुरा पाइन्छ । अत यस्तो अलोकप्रिय झुटको खेतीलाई गहन कथा लेखेर झुटको खेती सदाको लागि बन्द गरेर विदा गर्नु नै राम्रो हुन्छ ।
०००
काठमाडौ
२०७९ मङ्सिर १८
Subscribe
Login
0 Comments
Oldest









































