सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देवी सङ्ग्रौलाकाे ‘अनशन र भनसुनले चलेको मेरो देश’ लोकार्पण

विशेष मञ्चमा पाँच जना नारीहरूलाई उपस्थित गराइएकाे थियाे जसमा प्रकाशक/ प्रकाशिका (स्रष्टाका पत्नी) दुर्गादेवी थपलिया अध्यक्ष, राधा सुवेदी प्रमुख अतिथि साथै भगवती ढुङ्गेल, तीला लेकाली र दिलकुमारी बुढाथोकी विशेष अतिथि रहेका (पञ्चमात्रिका) थिए ।

Nepal Telecom ad

झापा, ०८० कात्तिक २५ । पुरानो भद्रपुर रोडस्थित इन्द्रेणी पाटी प्यालेसमा भव्य समारोहको बिच साहित्यकार देवी सङ्ग्रौला (डीपी शर्मा) को तेस्रो कृति ‘अनशन र भनसुनले चलेको मेरो देश ‘ चम्पू साहित्य कविता सङ्ग्रहको विधिवत लोकार्पण भएको हो ।

कृति लोकार्पण समारोहको शैली र परिवेशलाई हेर्दा यो कार्यक्रम झापा जिल्लामै एक फरक किसिमको नमूनाको रूपमा प्रस्तुत भएर देखा पर्यो । अहिलेसम्मकै फरक अनुभूति दिलाएर उपस्थितिहरूको मन प्रफुल्ल पनि बनायो । परम्परागत रूपमा सामान्यतयाः पुरुषहरूको अतिथि आशनग्रहण बढी हुने परम्परालाई तोड्दै स्रष्टा शर्माले यस पटक इतिहास नै परिवर्तन गर्न सफल भएका छन् ।

विशेष मञ्चमा पाँच जना नारीहरूलाई उपस्थित गराएका थिए जसमा प्रकाशक/ प्रकाशिका (स्रष्टाका पत्नी) दुर्गादेवी थपलिया अध्यक्ष, राधा सुवेदी प्रमुख अतिथि साथै भगवती ढुङ्गेल, तीला लेकाली र दिलकुमारी बुढाथोकी विशेष अतिथि रहेका (पञ्चमात्रिका) थिए ।

त्यसैगरी अतिथिहरूमा कोमलप्रसाद पोखरेल, हरिप्रसाद नेउपाने , देवीप्रसाद भण्डारी, देवीभक्त श्रेष्ठ, जयनारायण भट्टराई, शिव अधिकारी ‘इलामे जेठो’, नदी भट्टराई, सरोज ओली, हस्त परियार, प्राज्ञ पवन राजवंशी, कृष्ण निराकार, गुरुभक्त नेउपाने, उपेन्द्र सापकोटा, तुलसी सङ्ग्रौला, हरिप्रसाद ओझा, बिन्दु दाहाल, विनोद खनाल, शुष्मा दाहाल, दीलिपकुमार सङ्ग्रौला, रामचन्द्र उप्रेती, भीमप्रसाद मिश्र, टीका भट्टराई नेपाल, ठाकुरप्रसाद पोखरेल, मीना अधिकारी , पत्रकार भुवन तामाङ, रेजिना रोदनलगायत करिब तीन दर्जन अतिथिहरू र करिब दुई सय सिर्जनशील स्रष्टाहरू रहेका थिए ।

सम्पूर्ण सहभागी स्रष्टाहरूलाई खादार्पण गरेपश्चात उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै देशलाई सम्झने काम भएको थियो सामूहिक राष्ट्रगान गाएर भने स्रष्टा डीपी शर्मासहितको पञ्चमात्रिकाका टीमबाट दीप प्रज्ज्वलन गर्दै तुल पढेर कार्यक्रमको घुम्टी खोलिएको थियो ।

त्यसपछि मञ्चासिन व्यक्तिहरूबाटै पुस्तकको लोकार्पण पनि भएको थियो । लोकार्पणपूर्व कृतिकार शर्माको आध्योपान्त साहित्यिक परिचय प्रस्तुत दिलकुमारी बुढाथोकीले गरेकी थिइन् । तीला लेकालीले विमोचित कृतिको कथ्य समीक्षा गरेकी थिइन् । कृतिमा विकृति विसङ्गतिप्रतिको व्यङ्ग्यको प्रस्तुतिलाई उच्च सम्मान गर्दै केही शब्दगत व्याकरणिक त्रुटिबाहेक भाव पक्ष र शैली पक्ष अत्यन्तै सुन्दर रहेको टिप्पणी गरेकी थिइन् भने पुनरुक्ति तथा व्यक्तिगत शब्दनिर्माणप्रति आफ्ना सद्भावमूलक राय व्यक्त गरेकी थिइन् ।

त्यसैगरी देवीभक्त श्रेष्ठ, सरोज ओली र कोमलप्रसाद पोखरेल लगायतले आ-आफ्ना मन्तव्य व्यक्त गर्दै स्रष्टालाई भारी बधाई दिँदै भावी सिर्जनशील यात्रा अझ सशक्त बनुन् भन्ने शुभकामना पनि व्यक्त गरेका थिए । झापाली कवि शिरोमणि कोमलप्रसाद पोखरेलले समाजमा साहित्यिक कार्यक्रम गर्दा अतिथि आशनग्रहणप्रति लाग्दै आएको पुरुषवादी चिन्तनको हावीलाई स्रष्टा शर्माले सावाँव्याजसहित चुक्ता गर्न सफल भएकोमा हार्दिक बधाई व्यक्त गरेका थिए भने नदी भट्टराईद्वारा लेखिएको यस कृतिको भूमिकाको चर्चा गर्दै थप ऊर्जा प्रधान गरेका थिए । प्रायः सबै मन्तव्य व्यक्त गर्नेहरूले कृति , स्रष्टा र यो फरक कर्मको स्वागत गरेका थिए ।

कार्यक्रममा गीत, गजल केही कविताहरू वाचन भएका थिए जसमा निराजन निरौला, डिल्लीराम परदेशी, मोक्ष खतिवडालगायत थिए । कार्यक्रममा मञ्चासिन नारी स्रष्टाहरूलाई स्रष्टा दम्पत्तिबाट मायाको चिनो प्रदान गरिएको थियो । स्रष्टा शर्माले आफ्ना भनाइ राख्ने क्रममा समय अभावको कारण दर्शाउदै सबैलाई मञ्चबाटै धन्यवाद व्यक्त गरेका थिए र प्रकाशक तथा अध्यक्ष दुर्गादेवी थपलिया (कालू) बाट कार्यक्रमको औपचारिक समापन भएको थियो ।

भगवती ढुङ्गेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा खगिन्द्रा खुशीको सञ्चालन रहेको थियो ।

०००
– मेची प्रतिनिधि नदी भट्टराई

Fitkauli Publication Books comming soon
Nepal Telecom ad