साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ नेपालको दौड

ऊ लज्जित हुन र हार्न चाहँदैन थियो पौरखको भाषामा भन्दै गयो, ‘त्यही त हो मेरो सामर्थ्य र शक्ति यतिका वर्षसम्म पनि अरुको दौडले टसमस नभएको धरातल मेरो एक चक्करमा भासिन सफल भयो ।

Nepal Telecom ad

प्रमोद भट्टराई ‘प्रतीक’ :

बाटोमा दौडिँदै गरेको देखेर
सोधेको थिएँ मैले,
‘यसरी किन दौड़ेका तिमी ?’
निकै फुर्तीका साथ
जवाफ फर्काएथ्यो उसले,
‘नयाँ नेपाल बनाउन क्या !’

नपत्याएर फेरि सोधेँ,
‘अनि यही बाटोमा दौडिएर
नयाँ नेपाल बन्छ के त ?’
उसले लिँडे विश्वासका साथ
मलाई थर्काउँदै भन्यो,
‘मेरो सामर्थ्य र शक्तिको
अन्दाज छैन तिमीलाई
हेर्दै जाऊ म बनाएर देखाउँछु ।’

निर्धारित समय भन्दा अगावै
चक्रपथको परिक्रमा सकेर
जुन बिन्दुबाट दौड सुरु गर्‍यो
अन्ततः त्यहीँ पुगेर टक्क अडियो
अनि बाध्य भएर मैले
ओठ लेप्र्याउँदै प्रश्न गर्नै पर्‍यो,
‘खोई बनायौ त नयाँ नेपाल ?’

‘तिमीले दौड़ सुरु गर्दा त
सग्लो र सुन्दर थियो यो सडक पनि
दौडिएर त देखायौ
तर फर्केर हेरेनौ तिमीले
तिमीले जहाँ जहाँ पाइला टेक्यौ
त्यहाँ त्यहाँ धरातल भासिसकेको छ
मर्मतको सम्भावना पनि देखिँदैन ।’

ऊ लज्जित हुन र
हार्न चाहँदैन थियो
पौरखको भाषामा भन्दै गयो,
‘त्यही त हो मेरो सामर्थ्य र शक्ति

यतिका वर्षसम्म पनि

अरुको दौडले टसमस नभएको धरातल
मेरो एक चक्करमा भासिन सफल भयो
यही नै त हो मेरो कीर्तिमानी कदम
नयाँ संरचना युक्त नयाँ नेपाल !!

०००
कौशलटार, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फलामको पुच्छर

फलामको पुच्छर

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
नयाँ नेपालको दौड

नयाँ नेपालको दौड

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x