साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ सन्तान ज्याद्रो भने हुन्छ ग्लानी

नराम्रा र राम्रा, सयौँ छन् कहानी । निशा काल जस्तो, नठान्नू बिहानी।। खुबै शान्ति भर्ने, कहाँ मिल्छ खानी ?। छ सन्तान ज्याद्रो, भने हुन्छ ग्लानी।।

Nepal Telecom ad

के.पी. पौडेल :

दिँदा ज्ञान अर्ती, भने हुन्छ सर्दी ।
सुधा राख्न छोडी,सँगाल्यो विषादी।।
दिवाकाल छेक्ने, छ यो रात रानी ।
छ सन्तान ज्याद्रो, भने हुन्छ ग्लानी।।

दशा विघ्न झेल्दै, पिता मातृ भिड्छन्।
अहो ! देह खर्ची, खुबै खट्न सक्छन्।।
पिता मातृ तोड्ने, सिकेको छ बानी ।
छ सन्तान ज्याद्रो, भने हुन्छ ग्लानी।।

खुबै क्रुद्ध बन्दै पिता कुट्न खोज्छ।
उनै दिव्य माता, नकारेर हिँड्छ।।
नशा रोग पाल्दै, बिगा-यो जवानी।
छ सन्तान ज्याद्रो, भने हुन्छ ग्लानी।।

पिता मातृ रुन्छन्, व्यथा वेदनाले।
दियो त्रास मात्रै, दशा बल्झिनाले।।
सिक्यो सत्य तोड्ने, नराम्रो तुफानी।
छ सन्तान ज्याद्रो, भने हुन्छ ग्लानी।।

नराम्रा र राम्रा, सयौँ छन् कहानी ।
निशा काल जस्तो, नठान्नू बिहानी।।
खुबै शान्ति भर्ने, कहाँ मिल्छ खानी ?।
छ सन्तान ज्याद्रो, भने हुन्छ ग्लानी।।

दिए ईशले यो, अनौठो छ च‍ोला।
दया साथ माया, कहाँ मिल्छ होला ?।
बिनासार जस्तो, भयो जिन्दगानी।
छ सन्तान ज्याद्र‍ो, भने हुन्छ ग्लानी।।

०००
नुवाकाेट, हाल: ,बालाजु,काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x