सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छ सन्तान ज्याद्रो भने हुन्छ ग्लानी

नराम्रा र राम्रा, सयौँ छन् कहानी । निशा काल जस्तो, नठान्नू बिहानी।। खुबै शान्ति भर्ने, कहाँ मिल्छ खानी ?। छ सन्तान ज्याद्रो, भने हुन्छ ग्लानी।।

Nepal Telecom ad

के.पी. पौडेल :

दिँदा ज्ञान अर्ती, भने हुन्छ सर्दी ।
सुधा राख्न छोडी,सँगाल्यो विषादी।।
दिवाकाल छेक्ने, छ यो रात रानी ।
छ सन्तान ज्याद्रो, भने हुन्छ ग्लानी।।

दशा विघ्न झेल्दै, पिता मातृ भिड्छन्।
अहो ! देह खर्ची, खुबै खट्न सक्छन्।।
पिता मातृ तोड्ने, सिकेको छ बानी ।
छ सन्तान ज्याद्रो, भने हुन्छ ग्लानी।।

खुबै क्रुद्ध बन्दै पिता कुट्न खोज्छ।
उनै दिव्य माता, नकारेर हिँड्छ।।
नशा रोग पाल्दै, बिगा-यो जवानी।
छ सन्तान ज्याद्रो, भने हुन्छ ग्लानी।।

पिता मातृ रुन्छन्, व्यथा वेदनाले।
दियो त्रास मात्रै, दशा बल्झिनाले।।
सिक्यो सत्य तोड्ने, नराम्रो तुफानी।
छ सन्तान ज्याद्रो, भने हुन्छ ग्लानी।।

नराम्रा र राम्रा, सयौँ छन् कहानी ।
निशा काल जस्तो, नठान्नू बिहानी।।
खुबै शान्ति भर्ने, कहाँ मिल्छ खानी ?।
छ सन्तान ज्याद्रो, भने हुन्छ ग्लानी।।

दिए ईशले यो, अनौठो छ च‍ोला।
दया साथ माया, कहाँ मिल्छ होला ?।
बिनासार जस्तो, भयो जिन्दगानी।
छ सन्तान ज्याद्र‍ो, भने हुन्छ ग्लानी।।

०००
नुवाकाेट, हाल: ,बालाजु,काठमाडौं ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमा

आमा

के.पी. पाैडेल
आमा

आमा

के.पी. पाैडेल
मेरो छ है स्वागत

मेरो छ है स्वागत

के.पी. पाैडेल
आयो वसन्त किन हो बहुतै रमाई

आयो वसन्त किन हो...

के.पी. पाैडेल
आमा

आमा

के.पी. पाैडेल
आमा भन्छिन्

आमा भन्छिन्

रामशरण न्याैपाने
बुढ्यौलीको सूचक र कर्म

बुढ्यौलीको सूचक र कर्म

श्रीधर लामिछाने
भो जीवनी बन्जर (७)

भो जीवनी बन्जर (७)

हेम अधिकारी
बाबाआमा रमाऊन्- (०१)

बाबाआमा रमाऊन्- (०१)

दीनानाथ पाेखरेल