साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबाआमा रमाऊन्- (०१)

बन्दै आँखा उज्याला मन बह नरहे चेत देख्नेछ नौलो । छानी सत्कर्म पक्रूँ असल नियममा नित्य आँखा उघारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पाेखरेल :

आत्मा खोलेर सङ्ला कृत पथ म बढूँ प्राप्ति मिल्छन् हजार ।
बाबाआमा समाऔँ असल गुरु भनी छेल्न सक्छौँ तुषार ।।
नौलो शोभा फिँजाई भुवनभर डुली फूल फुल्छन् हजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।०१।।

वृद्धावस्था छ मेरो निज मन नरहोस् शक्तिको मूल फुट्छ ।
आफू बढ्ने सुबाटो तनमन सहजै कर्ममा नित्य जुट्छ ।।
बस्छन् उल्लाससाथै कृत क्रम नभुली प्राप्ति आभा फिँजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।०२।।

शोभाआभा हियाको कृत क्रम पथ हो बढ्न जानूँ गुनेर।
झर्के बानी म फ्याँकूँ सुख घर सजिलै छिर्छ माला उनेर ।।
बत्ती नौलो म बालूँ मुसुमुसु सुखले हाँस्न ऊर्जा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।०३।।

खुल्छन् कर्तव्य सङ्ला शुभपथ म बढे जीवनीका मिठास ।
भाग्छन् जम्मै नराम्रा मन बह भरिने दुष्ट टन्टा उदास ।।
मिल्नेछन् शक्ति सङ्ला पद श्रम पथमा बढ्दछन् कृत्य पारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।०४।।

अग्लो बन्ने म चालूँ कदम प्रगतिको द्वार खुल्नेछ नौलो ।
बन्दै आँखा उज्याला मन बह नरहे चेत देख्नेछ नौलो ।।
छानी सत्कर्म पक्रूँ असल नियममा नित्य आँखा उघारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।०५।।

०००

भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x