साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मतिभ्रष्ट को भयो ?

गणतन्त्र के थियो कुलतन्त्र लादियो कति तन्त्र जोडिए खलतन्त्र पालियो जडता समेटियो दरकार फालियो मनको कुभावले पथभ्रष्ट पारियो।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

गुणको प्रभावले शुभभाव जे थियो
मनको गुणाङ्कमा सहकाल भेटियो
पहिले रिवाजमा समभाव पो थियो
अहिले समाजमा मतिभ्रष्ट को भयो।१

किन जोड भागमा अनिकाल भेटियो
अझ दौड भागमा पनि लिप्त भेटियो
जब तामझाममा छ गला अँचेटियो
सब चोर झैं बने पथभ्रष्ट लाग्छ यो।२

हुलचालमा भुले किन कण्ठ रेटियो
पर दाशता बढ्यो अवरुध्द भेटियो
खल अन्धता हुँदा दिनमान मेटियो
धनको प्रभावले मतिभ्रष्ट को भयो।३

सरकारमा पुगे अनि दुष्टता लियो
र हतारमा गले सब लम्पसार यो
गजधम्म रहे कुल घात स्वार्थ यो
परधर्ममा डुबे सहकार्य मासियो।४

निज काममा भुले अवतार के थियो
न त जान्दछन् कुनै जडमूल के थियो
रति रागमा फसे धनमान चाहियो
हसुरेर खानमा मतिभ्रष्ट को थियो।५

गणतन्त्र के थियो कुलतन्त्र लादियो
कति तन्त्र जोडिए खलतन्त्र पालियो
जडता समेटियो दरकार फालियो
मनको कुभावले पथभ्रष्ट पारियो।६

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x