साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो छ है स्वागत

पार्टीका गणका सभा सदनका, उम्दा भए आसन । जग्गा स्वर्ण भुटान काण्ड छलले, ज्यादै कमाए धन ।। राम्रा कर्म र राजनीति विधिको, हुन्छन् भने सिर्जित । एकासी नववर्ष आगमनको, मेरो छ है स्वागत ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल जस्ताघरे :

आयौ साल नयाँ रमेर थलमा, साह्रै पियारो बनी।
मौका छोप्न सिपालु छन् नरहरू, बन्दा भए झन् धनी ।।
यस्ता स्वार्थ र लाभका मनुजका,भत्कून् सबै तागत ।
एकासी नववर्ष आगमनको, मेरो छ है स्वागत ।।-१

जाली सोच विचार सिञ्चन गरी, बस्छन् दयारामझैँ ।
सत्ता शासनमा सधैँ छ झगडा, बन्दै गए गिद्धझैँ ।।
निर्धा रुग्ण अशक्तले मुलुकमा, पाऊन् खुबै राहत ।
एकासी नववर्ष आगमनको, मेरो छ है स्वागत ।।-२

हाम्रो राष्ट्रियकोष राज्यधनको, को गर्छ संवर्धन ?।
सोझाका असहायका गरिबका, को गर्छ संरक्षण ?।।
छोटा निम्न अपाङ्ग साधुजनका, हट्छन् भने आहत।
एकासी नववर्ष आगमनको, मेरो छ है स्वागत ।।-३

मान्छेका गुट युक्ति संगठनको, पारा अचम्मै भयो ।
हाम्रा भन्न रुचाउने कदमले, झ्याली पिटाई दियो ।।
डाँकाका सहभागिता सहजता, हुन्छन् भने वर्जित।
एकासी नववर्ष आगमनको, मेरो छ है स्वागत ।।-४

सारा शक्तिहरू युवा र वनिता, जान्छन् भने बाहिर ।
राम्रा पौरख शिल्पका नरहरू, व्यर्थै भए आखिर ।।
बाँझो खेत गरा कुना जमिनको, गर्छन् भने सिञ्चित ।
एकासी नववर्ष आगमनको, मेरो छ है स्वागत।।-५

पार्टीका गणका सभा सदनका, उम्दा भए आसन ।
जग्गा स्वर्ण भुटान काण्ड छलले, ज्यादै कमाए धन ।।
राम्रा कर्म र राजनीति विधिको, हुन्छन् भने सिर्जित ।
एकासी नववर्ष आगमनको, मेरो छ है स्वागत ।।-६

०००
बट्टार, नुवाकोट । हfल: बालाजु,काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x