सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मेरो छ है स्वागत

पार्टीका गणका सभा सदनका, उम्दा भए आसन । जग्गा स्वर्ण भुटान काण्ड छलले, ज्यादै कमाए धन ।। राम्रा कर्म र राजनीति विधिको, हुन्छन् भने सिर्जित । एकासी नववर्ष आगमनको, मेरो छ है स्वागत ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल जस्ताघरे :

आयौ साल नयाँ रमेर थलमा, साह्रै पियारो बनी।
मौका छोप्न सिपालु छन् नरहरू, बन्दा भए झन् धनी ।।
यस्ता स्वार्थ र लाभका मनुजका,भत्कून् सबै तागत ।
एकासी नववर्ष आगमनको, मेरो छ है स्वागत ।।-१

जाली सोच विचार सिञ्चन गरी, बस्छन् दयारामझैँ ।
सत्ता शासनमा सधैँ छ झगडा, बन्दै गए गिद्धझैँ ।।
निर्धा रुग्ण अशक्तले मुलुकमा, पाऊन् खुबै राहत ।
एकासी नववर्ष आगमनको, मेरो छ है स्वागत ।।-२

हाम्रो राष्ट्रियकोष राज्यधनको, को गर्छ संवर्धन ?।
सोझाका असहायका गरिबका, को गर्छ संरक्षण ?।।
छोटा निम्न अपाङ्ग साधुजनका, हट्छन् भने आहत।
एकासी नववर्ष आगमनको, मेरो छ है स्वागत ।।-३

मान्छेका गुट युक्ति संगठनको, पारा अचम्मै भयो ।
हाम्रा भन्न रुचाउने कदमले, झ्याली पिटाई दियो ।।
डाँकाका सहभागिता सहजता, हुन्छन् भने वर्जित।
एकासी नववर्ष आगमनको, मेरो छ है स्वागत ।।-४

सारा शक्तिहरू युवा र वनिता, जान्छन् भने बाहिर ।
राम्रा पौरख शिल्पका नरहरू, व्यर्थै भए आखिर ।।
बाँझो खेत गरा कुना जमिनको, गर्छन् भने सिञ्चित ।
एकासी नववर्ष आगमनको, मेरो छ है स्वागत।।-५

पार्टीका गणका सभा सदनका, उम्दा भए आसन ।
जग्गा स्वर्ण भुटान काण्ड छलले, ज्यादै कमाए धन ।।
राम्रा कर्म र राजनीति विधिको, हुन्छन् भने सिर्जित ।
एकासी नववर्ष आगमनको, मेरो छ है स्वागत ।।-६

०००
बट्टार, नुवाकोट । हfल: बालाजु,काठमाडौं ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमा

आमा

के.पी. पाैडेल
आमा

आमा

के.पी. पाैडेल
आयो वसन्त किन हो बहुतै रमाई

आयो वसन्त किन हो...

के.पी. पाैडेल
मान्छे

मान्छे

के.पी. पाैडेल
गणतन्त्र गीत

गणतन्त्र गीत

होम सुवेदी
आदर्श नेता

आदर्श नेता

हृषीकेश बराल
भिडहरू !

भिडहरू !

महादीप पाेखरेल
क्रूर ओढार

क्रूर ओढार

अनिल श्रेष्ठ
परिवेश

परिवेश

हेमराज पन्त