साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डबके साथीहरूमा पनि शुभकामना

विगतमा जस्तै चोर गुण्डा, ठग, फटाहा सबैका इच्छा पूरा गर्न नयाँ वर्ष सफल रहोस् । देश रित्तिए चिन्ता छैन । नेताहरू उथलपुथल पार्नमा सक्षम रहून् । वर्ष दिनमा सरकारहरू ढलिरहून् ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

हिजो महिना चैत्र भए पनि मेरा लागि असारको पन्ध्र थियो । कारण महिना फेर्नु थियो । वर्ष फेर्नु थियो । भित्तामा तुर्लुङ्ग झुन्डिएका पुराना क्यालेन्डरलाई सत्ताबाट हटाउनु पर्ने थियो । नयाँ क्यालेन्डरलाई सत्तामा पुर्‍याउनु थियो । भित्तामा सगौरव सजाउनु थियो ।

आउनेलाई स्वागत र जानेलाई विदाई गर्ने संस्कार पुरानै हो । स्वागत र विदाईमा हल्का जलपान स्वभाविक छ । यसर्थ केही साथीहरू मिलेर पुरानो वर्षलाई विदा गर्ने योजना तयार गरियो । होम स्टे जाने । हल्का लिने । नाँचगान गर्ने । त्यसै गरियो । रातको ११ः५९ मा असीलाई जोडतोडले विदाई गरियो । ठीक १२ः०० मा एकासीलाई स्वागत गरियो । खुसियालीमा कक्टेल हानियो । यो महोत्सवको माहोलमा रातभर रमाइलो गरियो । कतिखेर झुपुक्क भइयो थाहा भएन । उठ्दा खोल्सीमा उत्तानो टाङ लाएको पाइयो ।

बिहान आँखा मिच्दै मुख पखाल्न धारामा गएँ । ऐनामा आँखा पर्‍यो । अनुहार पुरानै थियो । अझ पुरानो देखियो । आँखाका डिलमा कचेरा देखिए । एकरङ्गी कालो कपाल बहुरङ्गी देखियो । गालाका छालामा मुजा परेछन् । लाग्यो नयाँ वर्षले मलाई धोका दियो । नयाँ वर्ष आउदा मलाई पुरानो बनाएको रहेछ ।

ऐनाबाट आँखा हटाएर हेरेँ । नयाँ वर्षमा सूर्य पश्चिमबाट उदाउला भन्ने अपेक्षा थियो । पूर्वबाटै उदायो । खोलाहरू माथितिर बगेको देखिएन । माछा उडेको हेर्ने रहर पूरा भएन । प्रकृति उस्तै थियो । फरक देखिएन ।

लाग्यो, प्रकृतिको नियम र मान्छेको नियम फरक छ । मान्छेको समाजमा नयाँको महत्व ज्यादा छ । जस्तो विवाह भएको सुरूसुरूमा जस्तो चाख र पारख पुरानो हुँदै गएपछि हुँदो रहेनछ । श्रीमान श्रीमती दुवैले आफूलाई जवान र अर्कोलाई थोत्रिएको ठान्दो रहेछ । भैगो निजी कुरा छोडौं ।

नयाँ वर्षको जादुको छडीले छोएपछि संसार विचित्रको बन्छ भन्ने लागेको थियो । दसौँ वर्षदेखि थन्किएको निर्माणाधीन पुल उस्तै थियो । बाइरोडको बाटोमा गाडीले कुदाएको धुलाको मुस्लो उस्तै देखियो । अस्पतालमा विरामीको चाप र लुटिएका गुनासा उस्तै देखिए । स्कुले उमेरका केटाकेटी फोहरका डुङ्गुरमा पलास्टिक टिप्दै गरेका भेटिए । जथाभावी फालिएका फोहरमैला, अव्यवस्थितपन आदिका कारण सहर बजारको कुरूपता उस्तै देखियो । मलाई लाग्यो, मेरा आँखामै कमजोरी छ ।

कोठामा गएर समाचार हेरेँ । सत्ताको दाउपेच अझ पेचिलो बन्दै गएको छ । भष्टाचारका फाइल खोल्ने र बन्द गर्ने उपक्रम जारी छ । मिटर ब्याजीका कथा र बेथाहरू झनझन् बल्झिँदै गए । गृहमन्त्री नै ठगी प्रकरणमा अल्झिदै गए । उसै गरी बेलाबेलामा ब्युतिन्छन्; वाइड बोडी, लाउडा, ओम्नी, शितल निवास, बालुवाटार, भुटानी शरणार्थी, चिनियाँ सुन, बलत्कार , हत्या आरोप र ठगी काण्डका भूतहरू ।

यता सामाजिक सञ्जालमा नयाँ वर्षको बोक्रो शुभकामना प्रकट गर्नेहरूको भ्याइनभ्याई पनि देखियो । उत्तरोत्तर प्रगतिको कामना अरे । कामको नाममा सिन्को सार्न नपर्ने त्यसै हुन्छ प्रगति ? पहिले बानी सुधारौं काम गर्ने । तब मात्रै प्रगतिका कुरा हुन्छन् । कुरा खाएर पेट भरिने भए अन्न खानु पर्दैनथ्यो । शब्दका शुभकामनाले मात्रै सुधार हुने भए यतिका वर्ष किन सुधार भएन ? धेरैबेर घोत्लिएँ । यी त सब भन्ने कुरा न हुन् ।

नयाँ वर्ष न हो रमाइलो त गर्नै पर्छ । म त लागेँ डबका हान्नतिर । अँ साँच्चै झण्डै भुलेको । जाँदा जाँदै सबै डबके साथीहरूमा पनि शुभकामना छ । डबका कसम खाएर भन्छु । गापसे, मापसे, हुकसे लगायतका सबै झोले, टोले र खोले साथीहरूमा पनि शुभकामना ।

फेरि पनि दोहोर्‍याएर भन्छुः विगतमा जस्तै चोर गुण्डा, ठग, फटाहा सबैका इच्छा पूरा गर्न नयाँ वर्ष सफल रहोस् । देश रित्तिए चिन्ता छैन । नेताहरू उथलपुथल पार्नमा सक्षम रहून् । वर्ष दिनमा सरकारहरू ढलिरहून् । बनिरहूँन् । धेरै भन्दा धेरैले सत्ताको स्वाद लिन सकून् ।
नयाँ वर्षको शुभकामना ।

०००
रेसुङ्गा न पा २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x