साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष !!

मनका नागवेलीमा मानवताका भँगाला फुटाउँदै क्रमश: गल्लीबाट गाउँ पस अमानव आँखाका निधारमा मानवताको बगैँचा ढकमक्क गुलाफ र सुनगाभाजस्तै उदारताको उच्च आसन बस !!

Nepal Telecom ad

कलानिधि दाहाल :

लामो समयको
प्रतीक्षाका ढोका खोलेर
किरणको कुचो लगाउँदै
पूर्वी क्षितिजको
सुदूर शिखरबाट
नयाँ यौवना
युवतिको मुहार चम्केझैँ
हिमाली शिरमा
हिमनदी पग्लन तत्पर
पहाडी पाखाका
लतावेष्ठित वृक्षझैँ
शिरमा केशराशि
चुल्ठी पर्न तत्पर
मादक दृश्यसौन्दर्यको
बहावमा
भर्खर
नयाँ वर्ष आगमनको
मुस्कान छरिएको छ
चारैतिर चकाचौध!
शिरमा सजाएर
शैलशिखरका तुल
र आँखामा छम्केर
गुराँसका फूल
भर्खर
पूर्वी क्षितिज बढारेर
किरणका कुचाले
काला बादलका
घुम्टामा लुकेकी
चिसी
घुर्मैली रछानजस्तै
शिशिर भगाएर अस्ताचलतिर
मधुमुस्कान मर्मराएको छ
नयाँ वर्ष!
हरेक वर्ष
आएको छ यो
यसै गरी
तर
गाउँगल्लीहरू
-उस्तै छन्
शहरसभ्यताहरू
-उस्तै छन्
सत्तासामन्तहरू
-उस्तै छन्
भ्रष्टका भाङ्हरू
-अझ उस्तै छन्
तानाशाहका ढोलहरू
-उस्तै छन्
बमबारुदका ज्वालाहरू
-उस्तै छन्
मानवता घोपिने भालाहरू
-उस्तै छन्
नयाँ वर्ष !
तिमी त
खण्डहर गाउँमा
-बाटा बनेर आउनु पर्थ्यो
भोका पेटका
-खाटा बनेर आउनु पर्थ्यो
सहरसभ्यतामा
-संस्कार बनेर आउनु पर्थ्यो
सत्तासामन्तमा
-समता बनेर छाउनु पर्थ्यो
बमबारुद बल्ने
निरङ्कुश मनमन्दिरमा
-शीतको भागीरथी बग्नु पर्थ्यो
चाप्लुस
ओठे भ्रष्ट भाङ्मा
-उदारको आङ् ढाकिनु पर्थ्यो
खोक्रा मौखिक स्वाङ्मा
-बस्तुताका नयाँ ल्वाङ् चाखिनु पर्थ्यो
विगत साल
जे भए भए
-ठिकै छ
यो साल
तिमी आउँदा
तनशृङ्गारमा
बाहिरी आँखाको
चमकमा नभएर
मनका नागवेलीमा
मानवताका भँगाला फुटाउँदै
इन्द्रेणीको पटुकी कसेर
स्वाङ्का
सिसमहल भत्काउँदै
क्रमश:
गल्लीबाट
गाउँ पस
अमानव आँखाका
निधारमा
मानवताको बगैँचा
ढकमक्क
गुलाफ
र सुनगाभाजस्तै
उदारताको उच्च
आसन बस !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x