साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्तिकारी गाथा अपरम्पार छ ! नेताज्यू, क्रान्ति नै खानु हुन्छ ! नेताज्यू, क्रान्तिमै सुत्नु हुन्छ, उठ्नु हुन्छ ! नेताज्यूकै छत्र छायाँमा, क्रान्तिकारी पार्टी अघिबढी रहेको छ ! हामी क्रान्तिको प्रतिक्षामा छौँ ! जय क्रान्ति !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

पत्रकार – नेताज्यू स्वागत छ !
नेताज्यू – क्रान्तिकारी अभिवादन ! मुड्के सलाम !
पत्रकार – पार्टी फोर्नु भएछ ?
नेताज्यू – क्रान्तिको लागि !
पत्रकार – सरकार भ्रष्ट छ भन्नु हुन्थ्यो गठबन्धन गर्नु भएछ ?
नेताज्यू – क्रान्तिको लागि !
पत्रकार – ज्वाईंलाई राजदूत बनाउनु भएछ ?
नेताज्यू – क्रान्तिको लागि !
पत्रकार – छोरीलाई प्रमुख बनाउनु भएछ ?
नेताज्यू – क्रान्तिको लागि !
पत्रकार – श्रीमतिलाई सांसद बनाउनु भएछ ?
नेताज्यू – क्रान्तिको लागि !
पत्रकार – साँढुभाईलाई ठेकेदार बनाउनु भएछ ?
नेताज्यू – क्रान्तिको लागि !
पत्रकार – सरकारी जग्गा हडप्नु भएछ ?
नेताज्यू – क्रान्तिको लागि !
पत्रकार – सुन तस्करलाई नेता छान्नु भएछ ? नेताज्यू-क्रान्तिको लागि !
पत्रकार – सहकारीको पैसा खानु भएछ ?
नेताज्यू – क्रान्तिको लागि !
पत्रकार – राजदूताबास धाउनु हुँदोरैछ ।
नेताज्यू – क्रान्तिको लागि !
पत्रकार – किन मुस्कुराउनु भयो ?
नेताज्यू – क्रान्तिको लागि !
नेताज्यूको क्रान्तिकारी गाथा
अपरम्पार छ !
नेताज्यू, क्रान्ति नै खानु हुन्छ !
नेताज्यू, क्रान्तिमै सुत्नु हुन्छ, उठ्नु हुन्छ !
नेताज्यूकै छत्र छायाँमा,
क्रान्तिकारी पार्टी अघिबढी रहेको छ !
हामी क्रान्तिको प्रतिक्षामा छौँ !
जय क्रान्ति !

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x