साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नमच्चिने पिङको सय झड्का

अहिले देशको सत्ताधारी दल र नागरिकको असली अवस्था ठिक त्यस्तै छ । अब भन्नुस् तपाईं हाम्रो छरछिमेक प्रहरी प्रशासन, समाजसेवी, शैक्षिक जगत्, स्वस्थ्य क्षेत्र, विकास निर्माण हरेक निकायमा नमच्चिने पिङको मर्मत गर्ने कि नगर्ने ?

Nepal Telecom ad
शेषराज भट्टराई :
नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ मात्रै लगाउँछ । हो ! नमच्चिने पिङको गतिविधि उतिविधि ठिक हुँदैन । चारै सुरुमा लिङ्ग गाडेको छु भनेर मख पर्नै पर्दैन । तिनको गोली गाँठो मिल्नु पर्छ । लगन गाँठो मिल्नुपर्छ । अनि मात्रै पिङको ह्याकुलो हाँस्छ र राम्रोसँग मच्चिन्छ । अन्यथा झड्का मात्रै हात लाग्छ र मच्चिनुभन्दा थच्चिनु जायज लाग्न थाल्छ । यो गर्छु त्यो गर्छु भनेर फूर्ती लगाउने तर नाच्ने बेलामा कम्बर मर्काउन पनि जान्दैन भने कसरी हिरो हुन्छ, जिरो हुन्छ । यस्तो भएपछि सय झड्का मात्रै होइन हजारौँ बेकामे झड्काले ङिच्च दाँत देखाउँछ ।
चुनावमुखी राजनीतिक दलमा मात्रै होइन हरेक क्षेत्रमा नमच्चिने पिङले अगणित झड्का दिइराखेको हुन्छ । हामी यसो गम खाएर विचार गरौँ त शैक्षिक सत्र सुरु भएपछि पाठशालाहरूले नयाँ भर्ना हुन आम नागरिकहरूलाई बाबु बाजेले नदिएको अनेक सुविधा उपसुविधाले भरिएको इन्द्रेणी आश्वासनको गगनभेदी भर्‍याङ देखाएर सयौँ नमच्चिने झड्का दिइराखेका हुन्छन् । अन्य पाठशालाले भन्दा आफ्नाले नमरिकनै स्वर्ग देखाइदिने आश्वासन दिएर अर्को विशेष जादूले भरिएको सय झड्का प्रकट गर्ने गर्छन् । शिक्षालयको क्षेत्रफल धेरै भनेर हुन्छ कि या सभाहल ठूलो भनेर हुन्छ कि या प्राप्ताङ्कको प्रतिफल अधिक देखाएर हुन्छ । पौडीको नाममा कौडीको कुवा देखाएर वा खेलकुदको गरो देखाएर भए पनि दरो आम्दानीका लागि दत्तचित्त भएर लागि परेका हुन्छन् । थोत्रा कम्प्युटरको करङ शो गरेर हुन्छ कि या भाडाका बाइनाकुलरको नलिखुट्टो देखाएर वा प्रोफेसर डाक्टरको नाम भजाएर भएपनि नमच्चिने पिङले झड्को दिइरहेको हुन्छ । यसरी व्यापार आपारको नसाको अगाडि गाँजा, भाङ, धतुरो, अफिम, चरेसको नसा आफै छेउ लाग्छ । त्यसैले नमच्चिने पिङको सय झड्का दिनमा पाठशालालाई कसैले जित्न सक्दैनन् । तबन पाठशाला, विद्यालय, महाविद्यालय अन्यथा के विद्यालय ?
पिङ मजाले मच्चिन्छ भनेर सय झड्का दिनेमा अस्पतालहरू पनि अगाडि छन् । आफ्नो यावत सुविधाले स्वास्थ्य लाभ हुन्छ भन्दै आफै लाभायलाभ हुन अग्रणी अस्पतालहरू एकथरी समस्या देखायो भने दश थरी ल्याबटेस्ट गर्न लगाएर आफ्नो अभावको खाल्डो पुर्ने गर्छन् । एक दुई दिन राखे हुने बिरामीलाई महिनौ अस्पतालमा ओस्याएर दीर्घरोगीको प्रमाणपत्रले सुशोभित गर्छन् । पहिला सामन्ती महाजनले शोषण गर्थे अहिले अस्पतालहरूले शोषण गर्छन् । अनेक रोगको उपचार गरिन्छ भन्दै अनेक रोगमा जुकाले झै चुसेर अभाव पनि थपेर डिस्चार्ज गर्छन् । अनुसन्धान, प्रयोगशालाले नमच्चिने पिङमा झुम्कादार झड्का दिएपछि एनेस्थेसिया सुँगाएर बेहोस् बनाउनै पर्दैन बिल देखाए बेहोस् भइहाल्छन् नि ।
नेपालका प्रधानमन्त्रीले दिने आश्वासनका नाराहरू पनि सयौँ झड्का दिने खालका असाध्यै प्यारा कोरली राखूँ जस्ता हुन्छन् तर व्यवहारमा ठ्याक्कै उल्टो । विब्ल्याँटो भएपछि त्यसलाई निको मानिँदैन । हरेक प्रधानमन्त्रीको समान धारणा “म अरु जस्तो नेता होइन” मानौँ तिनको दुई खुट्टा नै छैन । भन्छन् म मुलुकलाई बनाउँछु । नागरिकलाई असम्भव सुविधा भोग्न बाध्य पार्छु । सबैका सारा गारा अप्ठ्यारा छुमन्तरको तालमा हरण गरिदिन सक्छु ।” तर नेता आफै दूषित आफ्नै आङमा भैँसी दौडी रहेको छ अर्काका आङको जुम्राको बखान गर्छन् । यस्ता आधुनिक हनुमानले अरूको कष्ट निवारण कसरी गर्छन् ? अनि उही उखान दोहोर्‍याउनु पर्ने हुन्छ” नमच्चिने पिङको सय झड्का ।
काम गर्छु, गरेर देखाउँछु भन्नेलाई पनि अवरोध गरेर लाजनीतिको गन्धे खेलमा रमाएकाहरूलाई स्वतन्त्र नेताहरूले केही ज्ञान दान गर्दैछन् । तर रिस डाहाले फतक्क गलेकाहरूले फित्कौली ताकी ताकी मट्ेयाङ्ग्राले बाधा अड्चन सिर्जना गरिरहेका छन् । नमच्चिने पिङ मच्चाइ रहेका छन् । के गर्नु विचारहरूको सिङ्गो सक्कल देशको ढुकुटी रित्याउँदा रित्याउँदै दुःख र सास्तीले फुलेर पिङ मजाले मच्चाउन सक्दैनन् अनि डाहाले फर्सी कुहे झै भित्रभित्रै आफै सिद्धिरहेका छन् । तैपनि सय झड्का भने दिन छोड्दैनन् दुष्टात्माहरू ।
कोही कस्टमर पसलमा पसेर घुँडा धसेर वा धर्ना बसेर हाँसेर भइराखेको जिनिस थपक्क नकिनीकन यो मालमा यता फुर्का भएको भए लाने थिएँ । यसमा चाहिँ यहाँनेर प्वाल भएको भए लाने थिए । यो मालको चाहिँ यहाँनेर तुना झुण्ड्याई दिएको भए लाने थिएँ । यसमा यहाँनेर गोजी भएको भए लाने थिए भनेर दोष मात्रै थोपर्छ भने त्यस्तो अवस्थामा पसले जतिसुकै बुद्ध भए पनि क्रुद्ध हुन्छ र नमच्चिने पिङको सय झड्का भन्दै आफ्नो रिस आफैले घुटुक्क पिउँदै सुटुक्क मुर्मुरिनु पर्छ । अहिले देशको सत्ताधारी दल र नागरिकको असली अवस्था ठिक त्यस्तै छ । अब भन्नुस् तपाईं हाम्रो छरछिमेक प्रहरी प्रशासन, समाजसेवी, शैक्षिक जगत्, स्वस्थ्य क्षेत्र, विकास निर्माण हरेक निकायमा नमच्चिने पिङको मर्मत गर्ने कि नगर्ने ? खबरदार ! भन्नुस् हारगुहार माग्नुस् नत्र त जहिले पनि सय झड्का मात्रै हात लाग्ला है होसियार !
०००
शिवशक्ति मार्ग
फूलबारी-११, पोखरा, कास्की
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x