साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रिय एअरपोर्ट

म साथीसग नाच्नेछु, हाँस्नेछु, बाँच्नेछु आज क्रुर भएको त तैँले पनि थपडी मारेस् हामी नाचेको बेला, तैँले पनि गाएस्, हामीले खुशी साटेको बेला ।

Nepal Telecom ad

राज काफ्ले :

प्रिय एअरपोर्ट तँ सतीको श्रापबाट कसरी अछुतो छस् ? कसरी छेलिस् तैँले सतीको ऐंठन, कसरी सकिस् यति धेरै निरन्तरता दिन कसरी फस्टाएको हो तेरो व्यापार दशैमा दिने आंशिकका मौलाएका दुबो झैँ ? घमण्ड पनि होला मलाई सयौँ चोटि फरक आकृतिसँग फोटो खिचेको देखेर । जब जब म छिर्छु तैँले मलाई गिज्जाएको देख्छु, तैँले मलाई तँ आफू चाहिँ कैले भनी खिस्सी उडाएको देख्छु, तेरो घमण्ड अनि धैर्यताको बाँध कैले टुट्छ भनी तेरो मौनताले मलाई प्रश्न गरेको देख्छु । तैले केवल मान्छे अनि टन्न देश रित्तिने गरी मान्छेहरू मात्र लगिनस् तैँले मेरा दाजुभाइ मेरा प्रेमका विम्ब अनि आफूले भन्दा बढी माया गरेका हरुलाई लतारेको छस् ।

होलान् ती पनि खुशी कहीँ-कतै दुरदराजमा तर केवल शरीर होला, हाँस्ने ओठ होला, गड्डिका गड्डी नोट होला तर मलाई लाग्दैन तिनरू सबैलाई पठाएर त नेपालमै जसरी खुशी भई बसेछस्, ती पनि खुशी भई बसे होलान् । कतिन्जेल रेटिएलान् म यही बसि कुरिरहनेछु, म साँझ बिहान अनि दिन गनिरहनेछु, आज उडाउन जाँदा एउटा खादा लिएर गएको म भलै फर्किऊन् बुढेसकालमा म १०० ओटा झिल्मिले खादा अनि ओठको मुस्कानसहित म तेरो निकट हुनेछु । म साथीसग नाच्नेछु, हाँस्नेछु, बाँच्नेछु आज क्रुर भएको त तैँले पनि थपडी मारेस् हामी नाचेको बेला, तैँले पनि गाएस्, हामीले खुशी साटेको बेला ।

प्रिय एअरपोर्ट, सक्छ्स् भने सम्झाइदेन नेतालाई म त बोल्दा बोल्दा, लेख्दा लेख्दा थाकिसके हरेश खाइसकेँ सक्छौ देश नबेच, मेरा आत्मीय त झनै नलखेट… ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x