साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नारी सुन्दरता लतारिन पुग्यो

झाँक्रो रङ्गिनको छ केमिकलले, रातो न खैरो छ त्यो । नाना रङ्ग अनेक यत्न विधिले, बुट्टा भरेझैँ भयो।। चुच्चे चप्पल एक हातभरिको,धर्छ्यौ खुबै युक्तिले। तिम्रो सुन्दरता बयान नगरी, मान्दैन यो चित्तले।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल जस्ताघरे :

नारी सुन्दरता लतारिन पुग्यो, भन्छन् यहाँ मानव।
चेली भन्न सुहाउने सुजनता, भत्केछ क्यारे! सब।।
मेरो सान अधीनमा बस तिमी, भन्दैन पोसाकले।
तिम्रो सुन्दरता बयान नगरी, मान्दैन यो चित्तले।।-१

छोटा पैरनले चिटिक्क रहँदा, भन्लान् भयौ सुन्दरी ।
तिम्रा अङ्ग प्रत्यङ्गले मनमनै, गर्छन् खिसी हे परी।।
यो वा ऊ कपडा लगाउँछु भनी, भन्छ्यौ खुबै सानले।
तिम्रो सुन्दरता बयान नगरी, मान्दैन यो चित्तले।।-२

घस्छ्यौ लेप खराब व्यर्थपनका, गाला र ओठैभरि।
छोटो कट्टु धरेर घुम्न कसियौ, कल्पेर नानाथरी।।
चेप्टो कम्मर पोटिलो हिप अहो! देखेछ संसारले।
तिम्रो सुन्दरता बयान नगरी, मान्दैन यो चित्तले।।-३

तिघ्रो कम्मर नाइटो पनि खुबै, नाङ्गो गराईकन।
छाती देह छ नग्नता कहरमा, हिँड्छ्यौ नछोपीकन।।
रम्छ्यौ आज कपाल छेदन गरी, त्यो पश्चिमा चालले।
तिम्रो सुन्दरता बयान नगरी, मान्दैन यो चित्तले।।-४

झाँक्रो रङ्गिनको छ केमिकलले, रातो न खैरो छ त्यो ।
नाना रङ्ग अनेक यत्न विधिले, बुट्टा भरेझैँ भयो।।
चुच्चे चप्पल एक हातभरिको,धर्छ्यौ खुबै युक्तिले।
तिम्रो सुन्दरता बयान नगरी, मान्दैन यो चित्तले।।-५

सारी त्याग्न पुग्यौ प्रचण्डपनले, के के ग-यो सोचले।
आफ्नै अङ्ग शरीर लज्जित भए, उत्ताउला वस्त्रले।।
लज्जा तस्बिर रूप फेसबुकमा, राख्छ्यौ बडो गर्वले।
तिम्रो सुन्दरता बयान नगरी, मान्दैन यो चित्तले।।-६

०००
बट्टार, नुवाकोट हाल: बालाजु,काठमाडौं ।
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

नरनाथ लुइँटेल
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
0
Would love your thoughts, please comment.x
()
x